• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल, असार २०८२


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • मासिक राशिफल मासिक राशिफल असार २०८२ उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशिलाई असार महिना उपलब्धिमूलक रहनेछ। नयाँ काम थालनी गर्ने समय छ। लामो समयदेखि रोकिएका काम पनि सम्पादन हुनेछन्। साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आम्दानीका नयाँ स्राेत फेला पर्नेछन्। सुखद् समाचारले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै उछिन्न सकिनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। व्यवसाय र उद्योगधन्दामा मनग्य फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वृष राशिलाई असार महिना केही संघर्षमय रहनेछ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। लगनशीलताले मात्र काम बन्नेछ। साेखले खर्च बढाउनेछ। बेसुरमा खर्च गर्नाले आर्थिक सन्तुलन बिग्रन सक्छ। कुनै काराेवार वा लेनदेनका विषयमा विवाद आउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। अध्ययन, लेखन, संगीत र कलाकाे साधनामा लाग्नेहरूलाई अनुकूल समय छ। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुनेछ। ज्ञान र तर्कले प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदै हुनेछ। बहुमूल्य धातु संग्रह गर्ने समय छ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिथुन राशिलाई असार महिना सामान्य लाभदायी रहनेछ। व्यवहार तथा अभिव्यक्तिमा देखिने रूखाे स्वभाव र अहंभावले लाेकप्रिय छविमा समस्या निम्त्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूसँग द्वन्द्व बढ्नेछ। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। सावधानीले परिस्थिति अनुकूल रहनुका साथै उपलब्धि जोगाउन सकिनेछ। मिहिनेत गर्नेहरूलाई सम्भावनाको मार्ग फेलापर्नेछ। सामान्यतया पेसा–व्यवसायमा फाइदै हुनेछ। केही नगद खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। खर्च लागे पनि विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई असार महिनामा कर्तव्य पूरा नहुँदा हातबाट अवसर फुत्कन सक्छ। खर्च बढ्नुका साथै यदाकदा आर्थिक अभावले पनि सताउन सक्छ। टाउको वा आँखामा समस्या देखिन सक्छ। आशा देखाउनेहरूले अप्ठ्यारो समयमै आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। वादविवाद र मुद्दा-मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन्। तत्काल लाभ नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। अरूका विषयमा धेरै चासो नलिनुहोला। महिनाकाे उत्तरार्धमा आम्दानी बढ्नाले प्रतिकूल परिस्थितिमा सुधार आउनेछ। मिहिनेतले काम बनाउन सकिनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिलाई असार महिनामा रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। खुसीको समाचार सुन्न पाइनेछ। राम्रो अवसर प्राप्त हुनाले जीवनशैलीमा परिवर्तन आउला। नयाँ नोकरी अथवा दिगो व्यापार प्रारम्भ गर्ने समय छ। सानातिना समस्या देखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। घरायसी समस्या सुल्झनेछ। नोकरीमा पदोन्नति हुने ग्रहयोग छ। आफ्नो वर्गमा नेतृत्व हातलागी हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। विभिन्न भोगविलासका सामानहरू प्राप्त हुनेछन्। व्यवसायबाट यथेष्ट लाभ मिल्नेछ। तर अनावश्यक काममा केही रकम बाहिरिन सक्छ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई असार महिनामा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। नोकरी प्राप्त हुने सम्भावना छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा उठाउन सकिनेछ। आफ्नो प्रतिभाको धेरैले कदर गर्नेछन्। मान बढ्नुका साथै मनग्य आम्दानी हुनेछ। घरमा मंगलमय कार्य सम्पादन हुने समय छ। कीर्तिमानी काम सम्पादन गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई असार महिना मध्यम फलदायी रहनेछ। परिस्थितिवश केही बाध्यतामा परिए पनि धेरै काम सम्पादन हुनेछन्। पेसा–व्यवसायमा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्ने वातावरण बन्नेछ। खर्च लागे पनि केही स्रोत–साधन जुटाउन सकिनेछ। व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। बिग्रिएका काममा सुधारका लक्षण देखिनेछन्। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्नुहोला। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सेयर तथा लगानीको मूल्य क्रमशः बढ्दै जाने समय छ। कुनै सामाजिक कामले लाेकप्रियता पनि दिलाउन सक्छ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई असार महिनामा मौका आए पनि परिबन्धले पछि पार्न सक्छ। खुसीका तरंगहरू परिस्थितिले संकुचित बनाउन सक्छ। शुभचिन्तकहरूको साथ लिँदा परिस्थिति अनुकूल बनाउन सकिनेछ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। व्यवसाय र आयमूलक काममा मन्दी आउन सक्छ। चोटपटक वा हाड–जोर्नीमा कमजोरी देखिएकाले सवारीसाधन वा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। उत्तरार्धमा स्थिति अनुकूल बन्नुका साथै व्यवसायमा लाभ मिल्नेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धनु राशिलाई असार महिना केही उतारचढावमय रहनेछ। परिवेश रमाइलो देखिए पनि यात्रा, भेटघाट र घर–गृहस्थीमा अलमल भइरहनेछ। कार्यक्षेत्रमा समेत जटिल समस्या सुल्झाउनैपर्ने चुनौती आउन सक्छ। तापनि बिग्रिएका काममा सुधारका लक्षण देखिनेछन्। अवरोध पुर्याउनेहरूलाई समेत रोकेर अघि बढ्न सकिनेछ। निरन्तर प्रयत्न गर्दा काम सम्पादन हुनेछ। दिगो व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। आफ्नो उपलब्धिमा ईर्ष्या गर्नेहरू स्वतः पराजित हुनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पेसा–व्यवसायमा लाभांश प्राप्त हुनेछ। रोग र शत्रु परास्त हुनेछन्। सावधानीले उपलब्धि जोगाउन सकिनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई रोकिएका काम बन्नाले असार महिना उत्साहप्रद रहनेछ। आर्थिक पक्ष पनि सबल बन्नेछ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झन सक्छ। सुखद समाचारले आनन्द पाइएला। काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ।प्रतिस्पर्धा गर्नेहरूबाटै लाभ उठाउन सकिनेछ। तर, स्वास्थ्यमा ज्वरो, टाउको दुखाइ वा माैसमी समस्याले भने सताउने देखिन्छ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई असार महिना सामान्य उपलब्धिमूलक रहनेछ। स्वास्थ्य र यात्राको प्रसंगमा अधिक खर्च हुनेछ। आफ्ना बाध्यता र कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्नै मान्यतामा अडान लिँदा परिवारजनमा असन्तुष्टि बढ्न सक्छ। बलजफ्ती गर्ने प्रवृत्तिले काम बिग्रन सक्छ। तापनि आयआर्जन हुनाले व्यावहारिक आवश्यकता पूरा गर्न सकिनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषि–उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ भने पशुपालनबाट पनि लाभ उठाउन सकिनेछ। केही भौतिक साधन जुटाउने समय छ। पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। अध्ययन र लेखनतर्फ प्रगति हुनेछ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मीन राशिलाई असार महिनामा केही घरेलु समस्या देखापर्न सक्छन्। पूर्वाधारबिनै ठूलो काम आँट गर्दा समस्या आउला। विद्रोहपूर्ण व्यवहारले निकटजनहरू टाढिन सक्छन्। साझेदारसँग सहकार्य विखण्डित हुने सम्भावना छ। अडान दोहोर्याउँदा सत्यका सामु शिर निहुराउनुपर्ने हुन सक्छ। तर, सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले काम बन्नेछ। महिनाको उत्तरार्धमा अर्थोपार्जनको बलियो स्रोत प्राप्त हुनाले धेरै समस्या सुल्झाउन सकिनेछ। मिहिनेत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ। परिस्थितिले व्यावसायिक मार्गतर्फ अग्रसर गराउनेछ। जोखिम हुने काममा पछि सर्नु बुद्धिमानी हुनेछ।

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer