काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा वृद्धि गरेको छ। इण्डियन आयल कर्पाेरेशनबाट नयाँ मूल्यका साथ पेट्रोलियम पदार्थ आयात भएपछि नेपालमा समेत मूल्य समायोजन गरिएको हो।
Advertisement
अब नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर पहिलो वर्गमा १५७.५० रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी डिजेल तथा मट्टितेलको मूल्य पनि प्रतिलिटर क्रमशः १७३, १७४ र १७५ रुपैयाँ कायम गरिएको छ। मूल्य आज राति १२:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ। निगमको निर्णय अनुसार १५ किलोमिटर भित्रका लागि तोकिएको खुद्रा मूल्यअनुसार मूल्य निर्धारण गरिएको हो।





