☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एमबिएएन स्पोर्ट्स मिट शुक्रबार र शनिबार हुने


  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । मर्चेन्ट बैंकर्सहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर संघको आयोजनामा एमबिएएन स्पोर्ट्स मिटको तेस्रो संस्करण शुक्रबार र शनिबार हुने भएको छ । हाँडीगाउँस्थित धन्वन्तरी स्पोर्ट्स फुटसलमा हुने प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस खेल समावेश गरिएको संघका अध्यक्ष रामेन्द्र रायमाझीले जानकारी दिनुभयो ।

    Advertisement

    प्रतियोगितामा संघमा आबद्ध २६ मध्ये २२ वटा बैंकले भाग लिनेछन् । फुटसलमा महिला र पुरुष गरी दुई विधा समावेश छ । पुरुषतर्फ १५ र महिलातर्फ आठ टिमले सहभागिता जनाएका छन् ।

    फुटसलको पुरुषतर्फ उपाधि विजेताले ८० र उपविजेताले ४० हजार प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फको विजेतालाई ५० र उपविजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । पुरुष र महिला दुवैतर्फका उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    यसैगरी ब्याडमिन्टनतर्फ पुरुष, महिला र भेट्रान्स डबल्सका गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । दुवैतर्फका विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् । भेट्रान्स डबल्सका विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ हात पार्नेछन् । पुरुषतर्फ ६, महिलातर्फ नौ र भेट्रान्सतर्फ पाँच टिम सहभागी छन् ।

    यता, टेबलटेनिसमा पुरुष सिंगल्सतर्फ २५, महिला सिंगल्सतर्फ ६ र भेट्रान्स सिंगल्सतर्फ सात टिमले भाग लिएका छन् । टेबलटेनिसमा पुरुष र भेट्रान्सको विजेताले समान १५ र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् । यस्तै, महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।(हिमालय टाईम्स)

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer