• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

स्वास्थ्य बीमामा राष्ट्रसेवकलाई आबद्ध गराइने


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिका कर्मचारी, वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित सबै राष्ट्रसेवक तथा संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय कार्यान्वयनका लागि मन्त्रालयमार्फत् पहल थाल्नुभएको थियो । मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयनमा सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको थियो ।

    Advertisement

    सोही पत्रका आधारमा स्वास्थ्य बीमा ऐनमा भएको प्रावधान कार्यान्वयन गराउन संघीय मामिलाले पत्राचार गरेको हो ।
    पालिकाका राष्ट्रसेवकसँगै वैदेशिक रोजगारीमा जानेको परिवारलाई ऐनको व्यवस्थाअनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार तथा सहजीकरणका लागि आग्रह गरेको पत्रका आधारमा सामान्य प्रशासनले अनिवार्य आबद्धताका लागि पत्र पठाएको उल्लेख गरेको छ ।

    यसअघि मन्त्रालयले सबै संघीय मन्त्रालय तथा निकायमा समेत त्यस्तै व्यवस्थाका लागि सघाउन पत्राचार गरेको थियो । जसबाट ऐनमा व्यवस्था भएर पनि हालसम्म लागू हुन नसकेको प्रावधान लागू हुने दिशामा अघि बढेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताउनुभयो । स्वास्थ्य सचिव डा. विकास देवकोटाले बाँकी क्षेत्रमा समेत आबद्धताका लागि मन्त्रालयले निरन्तर पहल गर्ने बताउनुभयो । स्वास्थ्य बीमा ऐन २०७४ मा प्रचलित कानुनबमोजिम राष्ट्रसेवक मानिने व्यक्ति तथा वैदेशिक रोगारमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्ने उल्लेख छ । त्यस्तै, प्रचलित कानुनबमोजिम स्थापना भएका तोकिएका संस्थाले सो संस्थामा कार्यरत व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउनुपर्नेछ भन्ने उल्लेख छ ।

    तर, हालसम्म कार्यान्वयनमा नआएको उक्त प्रावधान कार्यान्वयनका लागि नयाँ बजेट तथा नीति तथा कार्यक्रममा राख्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पहल गर्नुभएको थियो । त्यसो भएमा करिब ४० अर्ब रकम स्वास्थ्य बीमा कोषमा थपिने र कार्यक्रमको दिगोपनमा योगदान पुग्ने मन्त्री पौडेलले बताउनुभएको छ ।

     

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer