☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेदरल्याण्ड्ससँग बदला लिदै नेपाल


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । त्रिकोणात्मक टी २० क्रिकेटमा नेपालले नेदरल्याण्ड्ससँग बदला लिएको छ । यसअघि तीन पटक सुपर ओभरहुँदा पराजित भएको नेपालले विहीबार भने ६ विकेटको शानदार जित दर्ता गरेको हो ।

    Advertisement

    नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेख नायक बने । १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ओभरका २ बल बाँकी हुँदै पुरा गरेको थियो । कुशलले ५१ बलमा ६५ रनको शानदार पारि खेले । उनले ६ चौका प्रहार गरेका थिए । यसैगरी आजै टी २० मा डेब्यु गरेका भीम सार्कीको प्रदर्शन पवनि सम्झन लायक रह्यो ।

    उनले १६ बलमा १ छक्का र २ चौका प्रहार गरेका थिए । यस्तै, आरिफ शेख २३ बलमा ३९ रन जोडेर रिटायर्ड हट भए । उनले २ छक्का र ३ चौका प्रहार गरेपछि नेपाललाई जित नजिक लगेका थिए ।

    उनी बाहिरिएपछि क्रिजमा आएका लोकेश बलमे ४ बल फेस गर्दा १२ रन जोडे । जसमा २ छक्का सामेल छन् । यस्तै, दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउँदा १२ बल फेस गरे । कप्तान रोहित पौडेल ५ तथा आशिफ शेख ७ रनमा पभेलियन फर्किए । नेदरल्याण्ड्सले ६ जना बलर प्रयोग गर्दा ४ बलरले एक एक विकेट लिए ।

    टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७४ रन बनायो ।

    नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र ५ छक्का हाने । त्यस्तै रोइलेफ भान डर मिर्वेले २१ बलमा ३६ रन बनाए ।

    आर्यान दत्तले अविजित १७ रन तथा सकिव जुल्फिकरले ११ बलमा १४ रन जोडे । बलिङतर्फ नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer