काठमाडौं । दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे छ ।
राती हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही धेरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही धेरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकाे छ ।




