काठमाडौं । दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा/ हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राती हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही धेरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही धेरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही धेरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।




