• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

कर्णाली प्रदेश कै पहिलाे पाेषण मैत्री पालिका बन्यो जुम्लाकाे सिजा गाउपालिका


  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
  • सिंजा । सिंजा गाउँपालिका पोषणमैत्री पालिका घोषणा गरिएको छ । पालिकाका सम्पूर्ण स्वास्थ्य संस्थालाई पोषण मैत्री घोषणा गरिएको हो । पालिकाभित्र रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रलगायत सबै स्वास्थ्य संस्थाहरुलाई जुम्लाकै पहिलो पालिकाका रुपमा पोषण मैत्री घोषणा गरिएको हो ।

    Advertisement

    सिंजाका गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य चौकी र ३ वटा आधारभूत स्वास्थ्य केन्द्र र पाेषणका १६ वटा सूचक पूरा गरी पूर्ण पोषणमैत्री घोषणा गरिएको हो । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपालमा सबै प्रकारका कुपोषण अन्त्य गरी पोषणमैत्री मुलुक घोषणा गर्ने संकल्प गरिएको छ । कर्णाली प्रदेशका ७९ वटा स्थानीयतह मध्ये जुम्लाकाे सिंजा गाउँपालिका पोषणमैत्री घोषणा हुने पहिलो पालिका बनेको छ । सोमबार प्रतिनिधि सभा सदस्य विनिता कठायतले एक औपचारिक कार्यक्रमका बीच सिंजाका स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरेकी हुन् ।

    घोषणा कार्यक्रमपछि बोल्दै प्रतिनिधि सभा सदस्य कठायतले पहिलो पोषणमैत्री पालिका घोषणा गरेर सिंजाले कर्णालीमै नमुना काम गरेको बताइन् । ‘अब विद्यालयमा पूर्ण रुपमा पोषणयुक्त खाजा खुवाउने व्यवस्थापन गर्नुपर्छ । जुम्लाका आठै पालिकामध्ये पहिलो पालिकाका रुपमा पोषण मैत्री घोषणा हुनु सुखद पक्ष हो । घोेषणा कार्यान्वयन र स्थानीय उत्पादन वृद्विमा जोड दिन जरुरी छ,’ उनले भनिन् । शारीरिक, मानसिक रुपमा आमा तथा बच्चालाई स्वास्थ राख्नका लागि पोषणमा ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

    उनले स्थानीय सरकारले नीति तथा कार्यक्रममै पोषणका सवाललाई प्राथामिकता दिन सुझाव दिइन् । कठायतले बालबालिका भविष्यका कर्णदार भएकाले उनिहरुको पोषण अबस्था सुधारसँगै शिक्षा स्वास्थ्यमा पनि ध्यान दिनु पर्ने उल्लेख गरिन् । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजाले हालसम्म गरेका महत्वपूर्ण काम मध्य पोषणमैत्री स्वास्थ्य संस्था घोषणा एक ऐतिहासिक काम भएको बताए । उनले पालिकाले सुरुदेखिनै शिक्षा, स्वास्थ्य, पोषण सुधारमा काम गर्दै आएको प्रतिफल देखिएको उल्लेख गरेका छन् । सिंजाको विकास तथा समृद्विका लागि प्लान इन्टरनेशनल नेपाल र पेस नेपालले गरेको योगदान तथा सहयोग समन्वय प्रसंशायोग्य रहेको उनको भनाइ छ । पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले सिंजा गाउँपालिकाले तोकिएका सबै १६वटा सूचक पूरा गरेर जुम्लाकै पहिलो पोषणमैत्री पालिका घोषणा गर्न सफल भएको छ । घोषणा गर्नु मात्रै महत्वपूर्ण नभई व्यवहारमा कार्यान्वयन गरी पोषणमा सुधार ल्याउन जरुरी रहेकाले उत्पादन बढाउन तथा खानपानमा ध्यान दिन उनले आग्रह गरे ।

    सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले तोकिएका १६ वटा सूचकहरुलाइ पूरा गरेर जुम्लाकै पहिलो स्वास्थ्य संस्था पोषण मैत्री घोषणा गर्न सफल भएको बताए साथै स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा पश्चात सबै सुचकहरुलाई कायम राख्दै थप बलियो बनाउने राेकायाले बताए ।उनकाअनुसार पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्म विभिन्न तवरबाट सहयोग तथा योगदान दिने सरोकारवालाई समेत सम्मान पत्र हस्तान्तरण गरिएको छ । ‘यसअघि सिंजा गाउपालिकामा पोषण प्रर्दशनी मेला आयोजना गरिएकाे थियाे । आज पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सफल भयौं,’ उनले भने, ‘रैथाने वालीको उपभोग बढाएर मातृशिशुमा हुने कूपोषणलाई शुन्यमा झार्ने र आम नागरिकलाई असल खानपानका विषयमा सिंजाले उल्लेखनीय काम गरेको छ ।’ सिंजा गाउँपालिका, पेस नेपाल र प्लान इन्टरनेशनल नेपालको समन्वय सहकार्यमा सिंजाका स्वास्थ्य संस्थाहरु पोषणमैत्री घोषणा भएका हाे । सिंजा गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शुन्यमा झार्ने लक्ष्य पनि लिएकाे छ ।

    मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer