• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आर्थिक वर्ष २०८२/८३ का लागि जुम्लाका ८ वटै सबै स्थानीय तहले ल्याए बजेट


  •   बुधबार, असार ११, २०८२ मा प्रकाशित
  • जुम्ला । जुम्लाका ८ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएका छन् । ती सबै स्थानीय तहले रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारलगायतका कार्यक्रम बजेटमा समेटेका छन् ।
    जिल्लाको एक मात्र नगरपालिका चन्दननाथले रु चन्दननाथ नगरपालिकाले ६१ करोड ३२ लाख बजेट प्रस्तुत गरेको नगर उपप्रमुख रामदेवी खड्काले जानकारी दिनुभयो ।
    नीति तथा कार्यक्रममा व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, फोहरमैला व्यवस्थापन र खानेपानी प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।

    Advertisement

    त्यस्तै तिला गाउँपालिकाले आगामी आवका लागि रु ५१ करोड ३९ लाख ७९ हजार रुपैयाँ बराबरको आय–व्यय अनुमानसहितको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक गोरीकला बुढाका अनुसार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ ।
    सुलभ स्वास्थ्य सेवा विस्तार गर्न १० शय्याको अस्पताल निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

    सिंजा गाउँपालिकाले रु ४७ करोड २३ लाखको बजेट प्रस्तुत गरेको छ । बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँट तथा सङ्घ र प्रदेशबाट प्राप्त अनुदानलाई आधार बनाएर बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

    तातोपानी गाउँपालिकाले रु ५१ करोड ५९ लाखको बजेट ल्याएको छ । गुठीचौर गाउँपालिकाले ३४ करोड ७९ लाख बजेट प्रस्तुत गरेको छ। हिमा गाउँपालिका अनुमानित ४० करोड बराबरको बजेट ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ । कनकासुन्दरी गाउँपालिकाले ४९ करोड ७१ लाख ७३ हजार र पातारासी गाउँपालिकाले रु ४३ करोड ५८ लाख बजेट ल्याएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन शाहीले बताउनुभयो ।
    विशेषगरी भाैतिक पुर्वाधार निमार्णमा प्रथामिकता दिएर बजेट विनियोजन गरिएको पातारासी गाउँपालिकाले जनाएको छ।

    यस्तै गुठीचौर, पातारासी, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले पनि कृषि, सञ्चार र स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । कम्तीमा एकपटक पालिकास्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

    विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक, बालबालिका र गर्भवतीको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले जानकारी दिनुभयो । पालिकाले स्वास्थ्यसँगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।

    सीपमूलक र व्यावहारिक शिक्षासहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन, जीवनउपयोगी शिक्षा, एक वडा एक खेलकुद मैदान निर्माण, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीहरुको सक्रिय सहभागितालगायत कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको सिंजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालको भनाइ छ। गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकताका साथ योजना ल्याएको छ ।

    सेवा प्रवाह जनताको घरदैलोमा पुर्‍याउन एकीकृत घुम्ती सेवामार्फत सेवा प्रवाह गर्ने र करको दर घटाउँदै करको दायरा बिस्तार गर्ने योजना तिला गाउँपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तिलाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाले गौरवका योजना र ऐतिहासिक सम्पदामा जोड समेत दिएको छ।

    आफ्नो गौरवका योजना अन्तर्गत ऐतिहासिक सम्पदा पुनःनिर्माण, पर्यटकीय पदमार्ग निर्माण, पहिरो नियन्त्रण, सौन्दर्यकरण, खुला क्षेत्रको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगार अभिवृद्धिमा प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमार्फत दिगो विकास, सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र प्रशासकीय सुशासनमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    आर्थिक स्रोत परिचालनमा नगरको सञ्चिति कोष, आन्तरिक राजस्व र अनुदानलाई अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।आन्तरिक आय र बाह्य स्रोत परिचालन गरी आगामी वर्ष पालिकाकाे सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक सुरक्षालगायत क्षेत्रलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रम ल्याएको तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले बताउनुभयो ।

    बुधबार, असार ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer