• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

साक्षर बन्यो सुदूरपश्चिम


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीवार धनगढीमा एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।

    Advertisement

    प्रदेशको ९ जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९५ प्रतिशत साक्षर भइसकेको तथ्यांकका आधारमा घोषणा गरिएको हो । सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा, ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिएको बताइएको छ ।

    सुदूरपश्चिम प्रदेशमा १५ देखि ६० वर्षसम्मको जनसंख्या १६ लाख ८८ हजार ३४ रहेको छ । त्यसको ९६.१९ प्रतिशत अर्थात् १६ लाख २३ हजार ७१९ नागरिक साक्षर रहेको शिक्षा निर्देशनालयको तथ्यांक छ । सबैभन्दा बढी साक्षर प्रतिशत (९७.३१) बाजुरामा रहेको छ भने सबैभन्दा कम अछाममा (९५.५५) रहेको छ ।

    साक्षर नेपाल वर्ष २०७६ को अवधारणापत्र बमोजिम प्रदेश साक्षरता अभियान समितिको ११ असारको निर्णयानुसार साक्षर प्रदेश घोषणा गरिएको शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशकसमेत रहेका साक्षरता अभियान प्रदेश समन्वय समिति सुदूरपश्चिमका सदस्य सचिव दुर्गादत्त विष्टले जानकारी दिनुभयो ।

    साक्षर घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । १२ वटा मापदण्ड पूरा गरेका स्थानीय निकायका ९५ प्रतिशत जनसंख्याले साक्षरता कोर्स पूरा गरिसकेपछि पालिका साक्षर घोषण हुन्छ ।

    घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले सोही अनुसारको शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिमको शैक्षिक स्थिति उजागर गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

    उहाँले वर्तमान समयमा साक्षरताको परिभाषा विद्यालयको शिक्षामा मात्र सीमित नहुने भएकाले सीप विकास र जीविकोपार्जनको लागि क्षमता विकासमा अबको साक्षरता अभियान केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सामाजिक बिकास मन्त्री मेघराज खड्काले प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहहरुसंग समन्वय गरेर साक्षर उमेर समूहका व्यक्तिको निरन्तर सिकाइका कार्यक्रम र सीप विकासमा जोड दिनुपर्ने बताउनुभयो ।(गोरखापत्र)

     

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer