• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

हुम्लामा बसाइँ सर्ने क्रम बढ्दै


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • काठमाडौं । हुम्ला जिल्ला बाहिरका नागरिक चीनमा काम गर्नका लागि बसाइँसराइ गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । चीन सरकारले छिमेकी जिल्ला हुम्लाका बासिन्दालाई बाहेक अन्य नेपालीलाई ताक्लाकोटमा प्रवेश गर्न नदिएपछि जिल्लाबाहिरका नागरिक हुम्ला जिल्लामा बसाइँसराइ गर्ने क्रम वृद्धि भएको हो ।

    Advertisement

    हुम्लाका दूरदराजमा रहेका जग्गा आफ्नो नाममा गर्दै तिब्बतको ताक्लाकोटमा रोजगारी खोज्ने गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाको एक तथ्याङ्कले देखाएको छ । चीनको ताक्लाकोट जाने नाममा हुम्ला भित्रिने र बसोबास सुरु गर्नेको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखिएको छ । बझाङ, डोटी, दार्चुला, प्युठान, ओखलढुङ्गा, सिन्धुपाल्चोक, खोटाङ, सोलुखुम्बुलगायतका जिल्लाबाट सर्वसाधारण हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–१, हेप्का, वडा नं. ३ खगालगाउँ, वडा नं. ५ मुचु र सिमकोट गाउँपालिका–१ को ठेहे, दोजाम, वडा नं. ८ को स्याडालगायतका ठाउँमा जग्गा किनेर बसोबास गर्न थालेका छन् ।

    हालसम्म २५ जना जिल्लाबाहिरकाले गाउँघरमा जमिन खरिद गरी लालपुर्जासमेत लिएको मालपोत कार्यालय हुम्लाका प्रमुख प्रवेन्द्र यादवले बताउनुभयो । तीमध्ये केहीले नेपाली नागरिकतासमेत हुम्लाबाटै लिएर विवाह दर्ता गरी जिल्ला निर्वाचन कार्यालयमा मतदाता परिचयपत्रसमेत बनाएका छन् । १२ महिनाको अन्तरालमा २५ जना महिला मतदाता बाहिरका जिल्लाबाट आएर हुम्लाबाट मतदाता परिचयपत्र बनाएको निर्वाचन कार्यालय हुम्लाका सूचना अधिकारी जगदीश शाहीले बताउनुभयो ।

    सीमा पासका लागि नागरिकता, जग्गाधनी प्रमाणपत्र र मतदाता परिचयपत्र अनिवार्य हुँदा धेरैले हुम्लाबाटै मतदाता परिचयपत्र बनाउने गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । यसरी सीमा पास लिई ताक्लाकोटमा होटेल तथा दोहोरी साँझ जस्ता कामका लागि जानेमा महिला तथा किशोरीको सङ्ख्या उल्लेख्य छ ।

    बसाइँसराइले हुम्लाको सामाजिक संरचना, भोटाधिकार अभ्यास र सीमावर्ती सुरक्षालाई गहिरो असर पु¥याउने सङ्केत देखिएको छ । नेपाल–चीनबिचको द्विपक्षीय सम्झौता अनुसार सीमावर्ती क्षेत्रका नागरिकले बिनाराहदानी ३० किलोमिटरसम्म आउजाउ गर्न पाउने विशेष सुविधा पाएका छन् । सरकारद्वारा २०८१ सालमा जारी ‘चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र उपलब्ध गराउने कार्यविधि’ अनुसार हुम्लाका नागरिकलाई चीन प्रवेशमा सहजता दिइएको हो ।

    स्थानीयलाई दिएको सहुलियतको प्रयोग दुरुपयोगमा परिणत हुन थालेको देखिएको छ । रोजगारीको नाममा जिल्ला बाहिरबाट आएकाहरू हुम्लामा नागरिकता लिई बसोबास गर्न थालेका छन् । त्यसपछि सीमा पास लिएर चीनको ताक्लाकोटतिर रोजगारीका लागि जाने क्रम बढ्दो छ ।(गोरखापत्र)

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer