काठमाडौं । देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे छ ।
राती हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे छ ।




