• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

सल्यानका शारदा नदी र दार्माखोलामा पुल निर्माण


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • काठमाडौं । सल्यानमा एकै वर्ष दुई मोटेरवल पुल निर्माण भएका छन् । दार्मागाउँपालिका–३ मा रहेको दार्माखोला र त्रिवेणी गाउँपालिका १ शारदा नदिमा पक्की पुल निर्माण भएर सञ्चालनमा आएका छन् । यहाँका दुई स्थान शारदा नदीमाथिको त्रिवेणी काभ्रा रामबजार–सङ्खमुल जोड्ने पुल तथा दार्मा सडकखण्डअन्तर्गतको दार्माखोला–फारुलाबजार मोटरेबल पुल समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

    Advertisement

    शारदा नदीमाथि पुल निर्माण भएको छ । त्रिवेणी गाउँपालिका–१, काभ्रा रामबजार र वडा नं. २ शङ्खपिपल जोड्ने शारदा नदीमा निर्माण गरिएको हो ।
    काभ्रा सङ्खमुल जोड्ने पुल निर्माण कार्य २०७९ सालको वैशाखमा सुरु गरिएको थियो । सात करोड एक लाख ६३ हजार रुपियाँको लागतमा नारायणम भगवती जेभीले निर्माण गरेको उक्त पुल गत भदौमा सम्पन्न भएको हो ।

    यो पुल कर्णाली प्रदेश सरकारले निर्माण गरेको प्रदेशकै सबैभन्दा लामो पुल रहेको दाबी गरिएको छ । २०७९ सालमा सम्झौता भई निर्माण सुरु भएको सो पुल गत भदौमा ११ महिनामा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका प्रमुख नवीन थापाका अनुसार पुलको लम्बाइ ८४.३ मिटर रहेको छ भने यसमा २ वटा प्री–स्ट्रेस्ड स्पान राखिएका छन् ।

    यसअघि नदी तर्न कठिनाइ भोग्दै आएका स्थानीयले अब सहज रूपमा यात्रा गर्न पाउने छन् । त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले पुल निर्माण भएपछि सर्वसाधारणको दैनिकी सहज हुने बताउनुभयो । त्रिवेणी–१, काभ्रामा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वर्षायाममा आवातजावतमा समस्या हुने गरेकामा पुल बनेपछि अब सहज भएको छ  । त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले शारदा नदिमा पुल निर्माण हुनुले यस क्षेत्रको जनजीवनलाई सहज बनाएको बताउनुभयो । उहाँका अनुसार यो पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दालाई बजार पहुँचमा सहजता र आपतकालीन अवस्थाहरूमा राहत पुर्‍याउने विश्वास लिइएको छ ।

    यसैगरी, राप्ती राजमार्गको थारमारे मौलोहाले फारुलाचौर हुँदै रुकुम (पश्चिम)को चौरजहारी जोड्ने सडक खण्डअन्तर्गत पर्ने दार्माखोला–फारुलाबजार मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । चार करोड ७५ लाख २२ हजार रुपियाँमा निर्माण भएको यो पुल सावद आर्ची कृष्णालिला जेभीले निर्माण गरेको हो ।

    विसं. २०८०चैत १ गते सम्झौता भई निर्माण सुरु भएको पुल २०८२ जेठ ३० गते सम्पन्न भएको हो । एक स्पानको उक्त पुलको लम्बाइ २७ मिटर रहेको छ । दार्माखोला पुल समयमै निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी सिद्धार्थ मिश्रले दिनुभयो ।

    राप्ती राजमार्गको थारमारे मौलोहाले फारुलाचौर हुदै रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका जोड्ने सडकअन्तर्गत दार्माखोलामा पुल बनेपछि वर्षायामा आवागमनका लागि सहजता आएको छ । दार्मागाउँपालिकाका अध्यक्ष निमवहादुर केसीले दार्माखोलामा पुल निर्माण भएपछि वर्षायाममा पनि यातायातका साधनहरु सजिलै आवातजावत गर्न सजिलो भएको बताउनुभयो ।

    श्री जन ज्योती माध्यामिक विद्यालय फारुलाचौरका प्रधानाध्यपक मीनबहादुर वलीले दार्माखोलामा मोटेरवल पुल निर्माण भएपछि पुल निर्माणपछि स्थानीय बासिन्दालाई यातायात आवागमन, स्वास्थ्य सेवा, बजारमा पहुँच, तथा समग्र क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘वर्षेनी वर्षायाममा सास्ती खेप्दै आएका यहाँका बासिन्दालाई पुल निर्माण भएपछि सजिलो भएको छ ।’’(गोरखापत्र)

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer