☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सहकारी नीति, सिद्धान्त र मान्यता अनुसार चलेको छैन: सहकारी मन्त्री अधिकारी


  •   सोमबार, असार २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताउनुभएको छ ।

    Advertisement

    शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सहकारीमा राखिने रकमको स्रोत र ऋण परिचालन अझै संशयपूर्ण रहेको बताउनुभयो ।

    “सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छन् कि छैनन् ? सहकारीमा ठुलो रकम कसरी आयो भन्नेबारे ख्याल गर्न पर्छ कि पर्दैन ?” उहाँले प्रश्न गर्नुभयो, “सहकारीले धितो नराखी ५०/६० करोड रुपियाँ एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ ?” सबैको माग अनुसार सहकारीका बेथिति रोक्न सहकारी नियमन प्राधिकरण बने पनि सुरुमै विरोध हुँदा प्राधिकरण बनेको तर चाहे अनुसार काम गर्न नसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सहकारीलाई नियमन गर्न बनेको सहकारी नियमन प्राधिकरणले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने कुराको सुरुवात नहुँदै नियन्त्रण र खबरदारीको कुरा आउन थाल्यो । बिग्रेको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन ।” मन्त्री अधिकारीले सहकारीमैत्री ऐन संशोधनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै, सहकार्य र एकताको आवश्यकता औँल्याउनुभयो ।

    सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न सहकारी ऐन, २०७४ मा संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना भएको हो ।

    हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसमा यस वर्ष ‘सहकारी : एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक’ भन्ने नाराका साथ मनाइएको हो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो ।

    संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखि संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसका रूपमा मनाउन थालेको हो ।

    कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासङ्घका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बाँस्कोटा, खगराज अधिकारीलगायतले सहकारी व्यवस्थापनका विभिन्न आयाममा चर्चा गर्नुभएको थियो ।

    आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार गत फागुनमा सहकारी संस्थाको सङ्ख्या ३२ हजार ९६५ रहेको छ । यस अवधिसम्म सेयर सदस्य सङ्ख्या एक करोड नौ लाख पाँच हजार १९२ र सेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड रहेको छ । सहकारी क्षेत्रमा ११ खर्ब २५ अर्ब २८ करोड बचत परिचालन भई नौ खर्ब २३ अर्ब ४७ करोड कर्जा प्रवाह भएको छ । सर्वेक्षण अनुसार सहकारी क्षेत्रमा ९४ हजार व्यक्ति प्रत्यक्ष रोजगार छन् ।(गोरखापत्रबाट)

     

    सोमबार, असार २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer