• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

सहकारी नीति, सिद्धान्त र मान्यता अनुसार चलेको छैन: सहकारी मन्त्री अधिकारी


  •   सोमबार, असार २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताउनुभएको छ ।

    Advertisement

    शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सहकारीमा राखिने रकमको स्रोत र ऋण परिचालन अझै संशयपूर्ण रहेको बताउनुभयो ।

    “सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छन् कि छैनन् ? सहकारीमा ठुलो रकम कसरी आयो भन्नेबारे ख्याल गर्न पर्छ कि पर्दैन ?” उहाँले प्रश्न गर्नुभयो, “सहकारीले धितो नराखी ५०/६० करोड रुपियाँ एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ ?” सबैको माग अनुसार सहकारीका बेथिति रोक्न सहकारी नियमन प्राधिकरण बने पनि सुरुमै विरोध हुँदा प्राधिकरण बनेको तर चाहे अनुसार काम गर्न नसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सहकारीलाई नियमन गर्न बनेको सहकारी नियमन प्राधिकरणले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने कुराको सुरुवात नहुँदै नियन्त्रण र खबरदारीको कुरा आउन थाल्यो । बिग्रेको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन ।” मन्त्री अधिकारीले सहकारीमैत्री ऐन संशोधनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै, सहकार्य र एकताको आवश्यकता औँल्याउनुभयो ।

    सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न सहकारी ऐन, २०७४ मा संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना भएको हो ।

    हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसमा यस वर्ष ‘सहकारी : एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक’ भन्ने नाराका साथ मनाइएको हो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो ।

    संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखि संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसका रूपमा मनाउन थालेको हो ।

    कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासङ्घका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बाँस्कोटा, खगराज अधिकारीलगायतले सहकारी व्यवस्थापनका विभिन्न आयाममा चर्चा गर्नुभएको थियो ।

    आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार गत फागुनमा सहकारी संस्थाको सङ्ख्या ३२ हजार ९६५ रहेको छ । यस अवधिसम्म सेयर सदस्य सङ्ख्या एक करोड नौ लाख पाँच हजार १९२ र सेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड रहेको छ । सहकारी क्षेत्रमा ११ खर्ब २५ अर्ब २८ करोड बचत परिचालन भई नौ खर्ब २३ अर्ब ४७ करोड कर्जा प्रवाह भएको छ । सर्वेक्षण अनुसार सहकारी क्षेत्रमा ९४ हजार व्यक्ति प्रत्यक्ष रोजगार छन् ।(गोरखापत्रबाट)

     

    सोमबार, असार २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer