काठमाडौं । फेसबुकले समाचार फिडमा स्प्यामी कन्टेन्ट (सामग्री) कम गर्नका लागि अनुमति बिना अन्य व्यक्तिहरूको भिडियो, फोटो वा टेक्स्ट (पाठ) चोर्ने र पुनः प्रकाशित गर्ने खाताहरू विरुद्ध कारबाही गर्ने छ। मेटाले मौलिक सिर्जनाकर्ताहरूलाई समर्थन गर्न र थप मूल्य बिना चोरी गरिएको सामग्रीलाई कम गर्ने रणनीतिहरूलाई बलियो बनाउँदैछ भनि टेलीग्राफले रिपोर्ट गरेको छ।
बारम्बार चोरी गर्ने सिर्जनाकर्ताहरूले फेसबुकको मनिटाइजेसन प्रोग्राममा अस्थायी रूपमा पहुँच गुमाउने छन् भने उनीहरूको पोस्टको वितरण कम हुने, मेटाले जनाएको छ ।
डुप्लिकेट गरिएको कन्टेन्टले गुणस्तर घटाउने र यसले नयाँ आवाजहरूलाई उदय हुनबाट रोक्ने कुरामा आफु ढुक्क रहेको मेटाले उल्लेख गरेको छ।
यी र यस्ता परिवर्तनहरू फेसबुकमा आगामी महिनाहरूमा बिस्तारै लागू हुने भए तापनि हालको लागि इन्स्टाग्राम वा थ्रेड्समा भने समान नीतिको कुनै संकेत देखा नपरेको दभर्जले रिपोर्ट गरेको छ।
यसैगरी स्पाम र फेक अकाउण्टस् (नक्कली खाताहरू) सिर्जना गर्ने घटनाहरू सन् २०२५ को पूर्वाद्र्धमा यस अघि नै पहिचान गरिएको छ। मेटाले ५०० हजार भन्दा बढी स्पाम खाताहरू विरुद्ध कारबाही गरेको र प्रमुख सिर्जनाकर्ताहरूको नक्कल गर्ने लगभग १ करोड प्रोफाइलहरू हटाएको उल्लेख गरिएको छ।
रिएक्सन्स (प्रतिक्रियाहरू), कमेण्टस् (टिप्पणीहरू), महत्त्वपूर्ण सम्पादनहरू, भ्वाइस–ओभरहरू वा पपुलर ट्रेण्ड (लोकप्रिय प्रवृतिहरू) मा सहभागिता जस्ता अवस्थित सामग्रीमा वास्तविक सामग्री थप्ने सिर्जनाकर्ताहरूलाई मात्र हानि नपुर्याइने मेटाले जनाइएको छ। (एजेन्सी)




