• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

घटेको ब्याजदरले पनि बढाएन कर्जाको माग


  •   बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं । अघिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको चौतर्फी रूपमा विरोध हुँदै आएको थियो । तर  पछिल्लो समय बैंकहरूले निरन्तर रूपमा ब्याजदर घटाइरहेका छन् । अधिकांश वाणिज्य बैंकहरूले साउनका लागि पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले ५.४५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिँदै आएकोमा साउनमा घटाएर ५.४० प्रतिशतमा झारेको छ भने एभरेष्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिएकोमा साउनमा ६.२५ प्रतिशत दिने भएको छ ।

    Advertisement

    त्यस्तै, नेपाल बैंकले असारमा ५.४५ प्रतिशत ब्याज दिएकोमा साउनका लागि ५.४० प्रतिशत तोकेको छ भने लक्ष्मी सनराइज बैंकको असारमा ५.७५ प्रतिशत रहेको साउनमा ५.५० प्रतिशत रहेको छ । माछापुच्छ्रे बैंकले असारमा छ प्रतिशत ब्याज दिँदै आएकोमा साउनमा पनि सोही दरलाई निरन्तरता दिएको छ । एनआइसी एसियाले पनि असार ६.५५ प्रतिशत ब्याज दिएकोमा साउनमा ६.२५, प्रभु बैंकले ६.१० प्रतिशत दिएकोमा साउनमा ४.२५ प्रतिशतमात्रै दिने भएको छ । तर, स्टयाण्डर्ड चार्टर्ड बैंकले भने साउनमा ६.२५ ब्याज दिएकोमा साउनका लागि ६.२६ प्रतिशत निर्धारण गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले असारमा छ प्रतिशत ब्याज दिएकोमा साउनमा ५.५० प्रतिशत, नबिल बैंकले असारमा ५.७५ प्रतिशत दिएकोमा साउनमा ५.५० प्रतिशतमा झारेको छ । ग्लोबल आइएमई बैंकले भने असारमा छ प्रतिशत दिएकोमा साउनमा पनि सोही दरलाई निरन्तरता दिएको छ भने सिद्धार्थ बैंकले पनि असारका लागि तोकेको ५.७५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ ।

    त्यस्तै, प्राइम कमर्सियल बैंकले असारमा ६.२५ प्रतिशत ब्याजदर दिएकोमा साउनका लागि छ प्रतिशत, कुमारी बैंकले असारका लागि ५.७१ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा साउनका लागि ५.४१ प्रतिशत, सानिमा बैंकले असारमा ६.३३ प्रतिशत दिएकोमा साउनका लागि ६.१८ प्रतिशत, हिमालयन बैंकले असारमा ५.५० प्रतिशत दिएकोमा साउनका लागि छ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल एसबिआई बैंकले असारमा ५.५० प्रतिशत दिएकोमा साउनका लागि घटाएर ५.३५ प्रतिशत, एनएमबी बैंकले असारमा छ प्रतिशत ब्याजदर दिएकोमा साउनमा पनि सोही दरलाई निरन्तरता दिएको छ भने सिटिजन्स बैंकले असारमा ५.६५ प्रतिशत ब्याज दिएकोमा साउनमा ५.५० प्रतिशत तोकेको छ ।

    यि त भए ब्याजदर घटेका कुरा । यता नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत् ब्याजदर घटाउने नीति ल्याएको छ । जसका कारण आगामी दिनमा निक्षेप र कर्जा दुवैको ब्याजदर घट्दै जाने देखिएको छ । केन्द्रीय बैंकको यो नीति अनुसार आगामी आर्थिक वर्ष२०८२/०८३ का लागि ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंकदर ६.५ प्रतिशतबाट घटाएर ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ । बजारमा मुद्रा आपूर्ति बढाउने राष्ट्र बैंकको नीतिलाई टेवा पुग्ने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । तर, कतिपयले घट्दो ब्याजदरले पुँजी पलायनको जोखिम पनि औल्याएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर घटाए पनि अपेक्षाअनुसार कर्जाको माग बढ्न सकेको छैन ।

    नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना अर्थात् जेठसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप पाँच खर्ब १७ अर्ब ६० करोड (८.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार खर्ब १४ अर्ब ५७ करोड (९.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ जेठमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.० प्रतिशतले बढेको छ । २०८२ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७, ३६.२ र ५०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२, २९.१ र ५८.५ प्रतिशत थियो । २०८२ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८१ जेठमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत थियो ।

    त्यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार खर्ब सात अर्ब ६२ करोड (८.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुर्ई खर्ब ४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । २०८२ जेठमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६३.० र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.४, विकास बैंकहरूको ४.७ र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.९ प्रतिशतले बढेको छ । २०८२ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.० प्रतिशत रहेको छ । २०८१ जेठमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२.० र ६८.५ प्रतिशत थियो ।(हिमालय टाईम्स)

     

    बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer