• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपालमा लगानीको उपयुक्त अवसरहरू छन्: अध्यक्ष ढकाल


  •   शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको भन्दै लगानी गर्न आग्रह गर्नुभयो । संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा आयोजित युएई आर्थिक प्रवद्र्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो आग्रह गर्नुभएको हो ।

    Advertisement

    निजी क्षेत्रले नेपालको सम्भावनायुक्त आर्थिक क्षेत्रमा लगानी गरी प्रतिफल सुनिश्चित गर्न संयुक्त अरब इमिरेट्स (युएई)को सरकार र निजी क्षेत्रलाई आग्रह गरेको छ । नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजले देशभित्रका कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेका अपार सम्भावनाहरूमा लगानी गरी छोटो अवधिमै पर्याप्त प्रतिफल प्राप्त गर्न सकिने भन्दै लगानीका लागि आग्रह गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको भन्दै लगानी गर्न आग्रह गर्नुभयो ।

    नेपालले पछिल्लो समय व्यापक आर्थिक सुधारहरू गरिरहेको र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदै अध्यक्ष ढकालले तीसभन्दा बढी कानुनहरू संशोधन भइसकेका र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा रहेको अवस्थामा युएईका लगानीकर्ताका लागि अहिलेको समय नेपालमा लगानी गर्ने उपयुक्त अवसर हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘नेपाल अहिले स्थायित्व र सम्भावनाको चरणमा छ । ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि जस्ता क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको छ । त्यसैले युएईका लगानीकर्ताका लागि अहिलेको समय नेपाल प्रवेश गर्न उपयुक्त अवसर हो ।’ ढकालले जलविद्युत्, सौर्य ऊर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आइसिटी आउटसोर्सिङमा संयुक्त लगानीको प्रस्ताव गर्नुभएको थियो । उहाँले युएई नेपालका लागि एक विश्वासिलो मित्र रहेको र लाखौं नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै नेपालको सामाजिक-आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै नेपालतर्फबाट दुर्ई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो । साथै अध्यक्ष ढकालले युएईमा कार्यरत तीन लाखभन्दा बढी नेपालीलाई लक्षित गर्दै वित्तीय सेवाहरू, तालिम केन्द्रहरू र सीप विकासमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।

    संघका अध्यक्ष पवन अग्रवालले पनि नेपालका लागि युएईका राजदूत अब्दुल्लाह जरवा अल शम्सीलाई नेपालमा भएका लगानीका सम्भावनाबारे विस्तृत प्रस्तुतीकरणमार्फत् लगानी भिœयाउन सहजीकरणका लागि आग्रह गर्नुभयो । उहाँले नेपालबाट कृषिजन्य वस्तु निर्यातको सम्भावना उल्लेख गर्दै खासगरी स्याउ, सरिफा, स्ट्रबेरी, किवी, चेरी, सुन्तलाजस्ता अर्गानिक फलफूल निर्यात गर्न उत्कृष्ट अवसर रहेको बताउनुभयो । अर्गानिक तरकारी निर्यातको सम्भावना पनि उत्तिकै रहेको उहाँको भनाइ थियो । अग्रवालले भन्नुभयो, ‘नेपालका किसानले अर्गानिक खेतीका विधिहरू आत्मसात् गरेका छन्, जसले अन्तर्राष्ट्रिय बजारमा उनीहरूको उत्पादनलाई प्रतिस्पर्धी बनाएको छ, जहाँ अर्गानिक वस्तुहरूको माग उच्च छ ।’ उहाँका अनुसार नेपालका उच्च भेगमा उत्पादन गरिने कृषिजन्य वस्तुहरू विशेषगरी मध्यपूर्व जस्ता बजारमा अत्यधिक मागमा रहेको र यसमा नेपाली किसान र कृषि व्यवसायीका लागि आकर्षक निर्यात अवसर सिर्जना गरेको छ ।

    नेपालमा रहेका छ हजारभन्दा बढी नदीहरूमा प्रशस्त जलप्रवाह उपलब्ध रहेको उल्लेख गर्दै उहाँले आर्थिक रूपमा सम्भव जलविद्युत् उत्पादन क्षमता ४२ हजार मेगावाट रहेको जानकारी राजदूतलाई गराउनुभयो । हालसम्म नेपालमा दुर्ई हजार आठ सय मेगावाट विकास भएको र त्यसमा दुई हजार एक सय मेगावाट निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै अझै उपयोग हुन बाँकी ३० हजार दुई सय मेगावाट विद्युत् उत्पादनमा सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो ।

    जलविद्युत् परियोजनाहरूले सामान्यतः १२-१८ प्रतिशतसम्म प्रतिफल दिने गरेको र लगानी पुनः प्राप्तिको अवधि छ देखि १० वर्षमात्र भएको उल्लेख गर्दै अध्यक्ष अग्रवालले भारत र बंगलादेशमा निर्यातको उच्च सम्भावना रहेकाले बजार सुनिश्चित रहेको बताउनुभयो । सरकारले निकट भविष्यमै काठमाडौं उपत्यका र वरपरका पहाडबाट २० मेगावाट वायु ऊर्जाको उत्पादन गर्ने योजना बनाएका कारण वायु ऊर्जाको सम्भावना पनि उत्तिकै रहेको उहाँको भनाइ थियो ।

    त्यसबाहेक नेपालको अद्भूत प्राकृतिक सौन्दर्य तथा प्याराग्लाइडिङ, राफ्टिङ, क्लाइम्बिङ, एटिभीजस्ता साहसिक पर्यटनको केन्द्र भएकाले पनि सो क्षेत्रमा लगानीको बढ्दो अवसरबारे उहाँले प्रकाश पार्नुभएको हो । नेपालको काठ, धातु, ढुंगा आदिमा आधारित हस्तकला, अनौठो डिजाइन र आध्यात्मिक भावनाहरूले भरिपूर्ण हुने भएकाले लक्जरी बजारमा आकर्षणको केन्द्र बनेको पनि अग्रवालले बताउनुभयो । नेपालमा पेट्रोलियम प्रशोधनको सम्भावना रहेकाले युएईले यसलाई उपयोग गर्न सक्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपालका लागि युएईका राजदूत अब्दुल्लाह जरवा अल शम्सीले दुर्ई मुलुकबीचको असल सम्बन्धलाई विस्तार गर्दै श्रम सम्बन्धबाट माथि उठेर पारस्परिक लगानीका क्षेत्रमा अघि बढ्न सकिने बताउनुभयो । नेपालमा लगानीका प्रचुर सम्भावना रहेको आफूले पनि महसुस गरेको उल्लेख गर्दै उहाँले तथ्य र तथ्यांकका आधारमा आफूले लगानी भित्र्याउन पहल गर्ने जानकारी गराउनुभयो । (हिमालय टाईम्स)

    शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer