• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ संस्करण पोखरामा


  •   शनिबार, साउन १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड को २२औं संस्करण पोखरामा हुनेभएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रबीच मञ्चले यस वर्षको अवार्ड कार्यक्रम पहिलोपटक उपत्यका बाहिर पोखरामा गर्न लागिएको जानकारी गराएको हो । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीका अनुसार, पोखरा भ्रमण वर्षलाई समेत मध्यनजर गर्दै प्रायोजकको सल्लाहमा आगामी भदौ २९ गते पोखरामा गर्न लागिएको हो ।

    Advertisement

    यस संस्करणमा १० विधा समावेश गरिएको छ । जसमा वर्षका उत्कृष्ट खेलाडी (पुरुष, महिला, युवा), उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, टिम अफ दि इयर, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिष्ट अवार्ड रहेका छन् ।

    वर्ष खेलाडी (पुरुष, महिला, युवा), प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका लागि पाँच-पाँचजनाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जनाइएको छ । टिम अफ दि इयर, लाइफटाइम एचिभमेन्ट, स्पेशल अवार्ड, पारा एथलिट र एसियन स्पोट्र्स जर्नालिष्ट अवार्डमा भने मनोनयन हुने छैन । सबै विजेताको घोषणा कार्यक्रमकै दिन गरिनेछ । पाँच विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधामा जनही एक लाख रुपैयाँ नगद पुरस्कार दिइने मञ्चले जनाएको छ ।

    यसै अवसरमा मञ्च र गोल्छा ग्रुपबीच पाँच वर्षका लागि पल्सर मोटरसाइकल प्रायोजनसम्बन्धी सम्झौता नवीकरण गरिएको छ । सम्झौतामा मञ्चका अध्यक्ष अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभएको छ । गोल्छाका अनुसार यसपटक ४० लाख रुपैयाँबराबरको सहयोग गरिनेछ, जुन गत वर्षभन्दा ३३ प्रतिशतले बढी हो । पल्सरसँगको यो १७ वर्षदेखि निरन्तर सहकार्य हो ।

    यस अवार्डको गतवर्षका विजेतामा पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ रहनुभएको थियो ।

    पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले प्राप्त गर्नुभएको थियो भने स्पेशल अवार्डबाट भलिबल प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पलेशा गोवद्र्धन, एसियन स्पोट्र्स जर्नालिष्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट पूर्वक्यान अध्यक्ष विनयराज पाण्डे सम्मानित हुनुभएको थियो । एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जित्ने महिला कबड्डी टोलीलाई टिम अफ दि इयर अवार्ड प्रदान गरिएको थियो ।(हिमालय टाईम्स)

     

    शनिबार, साउन १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer