☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ संस्करण पोखरामा


  •   शनिबार, साउन १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड को २२औं संस्करण पोखरामा हुनेभएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रबीच मञ्चले यस वर्षको अवार्ड कार्यक्रम पहिलोपटक उपत्यका बाहिर पोखरामा गर्न लागिएको जानकारी गराएको हो । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीका अनुसार, पोखरा भ्रमण वर्षलाई समेत मध्यनजर गर्दै प्रायोजकको सल्लाहमा आगामी भदौ २९ गते पोखरामा गर्न लागिएको हो ।

    Advertisement

    यस संस्करणमा १० विधा समावेश गरिएको छ । जसमा वर्षका उत्कृष्ट खेलाडी (पुरुष, महिला, युवा), उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, टिम अफ दि इयर, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिष्ट अवार्ड रहेका छन् ।

    वर्ष खेलाडी (पुरुष, महिला, युवा), प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका लागि पाँच-पाँचजनाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जनाइएको छ । टिम अफ दि इयर, लाइफटाइम एचिभमेन्ट, स्पेशल अवार्ड, पारा एथलिट र एसियन स्पोट्र्स जर्नालिष्ट अवार्डमा भने मनोनयन हुने छैन । सबै विजेताको घोषणा कार्यक्रमकै दिन गरिनेछ । पाँच विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधामा जनही एक लाख रुपैयाँ नगद पुरस्कार दिइने मञ्चले जनाएको छ ।

    यसै अवसरमा मञ्च र गोल्छा ग्रुपबीच पाँच वर्षका लागि पल्सर मोटरसाइकल प्रायोजनसम्बन्धी सम्झौता नवीकरण गरिएको छ । सम्झौतामा मञ्चका अध्यक्ष अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभएको छ । गोल्छाका अनुसार यसपटक ४० लाख रुपैयाँबराबरको सहयोग गरिनेछ, जुन गत वर्षभन्दा ३३ प्रतिशतले बढी हो । पल्सरसँगको यो १७ वर्षदेखि निरन्तर सहकार्य हो ।

    यस अवार्डको गतवर्षका विजेतामा पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ रहनुभएको थियो ।

    पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले प्राप्त गर्नुभएको थियो भने स्पेशल अवार्डबाट भलिबल प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पलेशा गोवद्र्धन, एसियन स्पोट्र्स जर्नालिष्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट पूर्वक्यान अध्यक्ष विनयराज पाण्डे सम्मानित हुनुभएको थियो । एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जित्ने महिला कबड्डी टोलीलाई टिम अफ दि इयर अवार्ड प्रदान गरिएको थियो ।(हिमालय टाईम्स)

     

    शनिबार, साउन १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer