• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

धनगढीलाई हरित शहर बनाउन धमाधम वृक्षारोपण गरिँदै


  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित
  • काठमाडौं । कैलालीको धनगढीलाई सुन्दर र पर्यावरणमैत्री बनाउन धमाधम वृक्षारोपण गरिँदै छ । हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत वृक्षारोपण अभियानलाई तीव्ररूपमा अघि बढाई ‘हरित धनगढी’ अभियानअन्तर्गत वृक्षारोपण गरिँदै आएको हो ।

    Advertisement

    सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको ‘हरित धनगढी’ अभियान कार्यक्रममा पछिल्ला दिनमा नागरिक तथा विभिन्न संघसंस्थाको सहभागिता पनि बढ्दै गएको छ । धनगढी उपमहानगरपालिकाको अगुवाइमा हरियाली प्रवद्र्धन गर्ने र पर्यावरणमैत्री बनाउने उद्देश्यले ‘हरित धनगढी’ अभियानमा विभिन्न प्रजाति तथा फलफूललगायतका बिरुवा रोपिने गरिएको छ ।

    २०७९ फागुनबाट सुरु गरिएको उपमहानगरपालिकाको यो अभियानमा विभिन्न संघसंस्था, व्यक्तिको पहलमा हजारौँ बिरुवा रोपिएका छन् । हराभरा सहितको सुन्दर र पर्यावरणमैत्री बनाउन धनगढी हरियाली प्रवद्र्धन कार्यक्रम सुरु गरिएको धनगढी उपमहानगरपालिका जिन्सी शाखा प्रमुख कृष्णराज जोशीले बताए ।

    शाखा प्रमुख जोशीकाअनुसार हरियाली प्रवद्र्धन कार्यक्रमअन्र्तगत धनगढीका विभिन्न ठाउँमा १६ हजार ४५५ विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् भने धनगढीमा रहेका ५४ सामुदायिक विद्यालयमा विभिन्न फलफूलका चार हजार ५०० बोट गरी हालसम्म २० हजार ९५५ बोटविरुवा रोपिएको छ ।

    रोपिएका बोटमा अम्बा, आँप, बडहर, लिच्ची, जामुन, किम्बु, अमलालगायतका फलफूलका रहेका छन् भने सिता अशोक, गोल्डमहर, टिकोमा, एरिका, गुलमोहर, नन्दन, धुपी, चाँदनी, खमारी, मेन्दुला, टाँकीलगायत रुख र विभिन्न प्रजातिका फूलका बिरुवा रहेका छन् ।

    पर्यावरण संरक्षण गर्न वृक्षारोपण अभियानमा हालसम्म विभिन्न संघसंस्था र जनस्तरबाट गरी झण्डै दुई करोड रुपैयाँ सहयोग प्राप्त भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । पर्यावरण संरक्षण गर्न वृक्षारोपण अभियानमा सबैभन्दा बढी जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज र सूर्य नेपाल प्रालिले ५०÷५० लाख र धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले १० लाख रुपैयाँ सहयोग गरेको शाखा प्रमुख जोशीले जानकारी दिए ।

    हराभारा सहितको सुन्दर र पर्यावरणमैत्री बनाउन प्लाष्टिक बेचबिखन गर्न समेत प्रतिबन्ध लगाएको धनगढी उपमहानगरपालिकाले हालसम्म धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, धनगढी चौराहदेखि कैलालीपुल, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, हसनपुर डिभोटी होटल अगाडी निसर्ग अस्पतालदेखि दाहाल चोक, मालपोत रोड, क्याम्पसरोड, मोहना आर्यघाटलगायतका क्षेत्रमा तारबारसहितको वृक्ष कवच लगाएर वृक्षारोपण गरेको छ ।

    रोपिएका बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण गर्ने काम उपमहानगरपालिकाले गर्दै आएको धनगढी नगरप्रमुख गोपाल हमालले बताए । सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई सँगसँगै जोडेको छ ।

    उनले भने–‘धनगढीलाई सुन्दर र पर्यावरणमैत्री बनाउन उपमहानगरपालिकाले ‘हरित धनगढी’ अभियान भनेर नियमितरुपमा वृक्षारोपण र त्यसको संरक्षण गर्ने काम गरिरहेको छ । ट्री–गार्डमा कुनै संघसंस्था तथा ब्यक्तिले आफ्नो कुनै सन्देश र दिवंगत आफन्त सम्मानमा नाम राख्न चाहेमा प्रति ट्री–गार्ड पाँच हजार रुपैया लिने व्यवस्था गरिएको छ ।’

    जनसहभागितामा वृक्षारोपण अभियानलाई प्राथमिकता दिएको उपमहानगरपालिकाले फराकिलो सडकबीचका मिडियन र फुटपाथको दाँयावाँयालगायतका सार्वजनिक ठाउँमा वृक्षारोपण गर्दै आएको छ । यो अभियानमा धनगढीबासीका साथै स्वदेश तथा विदेशमा रहेका अन्य भूभागका नेपालीले पनि साथ दिएका छन् ।(विश्वास खबर)

    बुधबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer