काठमाडौं । आज २०८२ साल साउन १९ गते (सोमबार) दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Advertisement
राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेेशका थोरै र बागमती प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।




