• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल साउन २० गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल


  •   मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
  • आज २०८२ साल साउन २० गते मंगलवार । श्रावण शुक्लपक्ष एकादशी तिथि, ११ः३१ बजेपछि द्वादशी। ज्येष्ठा नक्षत्र, १०ः५७ बजेपछि मूल। चन्द्रराशि वृश्चिक१०ः५७ बजेपछि धनु।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। कमजोरीले चिन्ता बढाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि ऋणभार बढ्न सक्छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मेहनत गर्दा भाग्यले साथ दिनेछ।
    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ। बाध्यताले मन खिन्न तुल्याउनेछ।
    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान समेत प्राप्त होला।
    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। हल्लाको भर पर्दा दु:ख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ। मध्याह्नदेखि विघ्नबाधाहरू हट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ।
    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।
    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्न सक्छ।
    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।
    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ।
    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। केही उपहार प्राप्त हुने देखिन्छ।
    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणभार भने बढ्ने सम्भावना छ। मध्याह्नदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। तर दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ।
    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अरूका काममा समय खर्चनुपरे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै केही जिम्मेवारी समेत हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। मध्याह्नदेखि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

    मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer