• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मदन पुरस्कार-२०८१ ‘उरमाल’लाई, जगदम्बा-श्री प्रेमदेव गिरिलाई


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाली सृजना क्षेत्रका ज्येष्ठ पुरस्कार मानिन्छ,मदन पुरस्कार । हो, यही मदन पुरस्कार बितरण गर्ने चर्चित गुठीको मदन पुरस्कार गुठीको बैठकले यस वर्षको मदन पुरस्कार-२०८१ दार्जिलिङका साहित्यकार छुदेन काविमोको उपन्यास ‘उरमाल’ लाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपाली लोकभाका संकलन र संरक्षणमा जीवनभर योगदान पुर्याउँदै नेपाली लोकसंस्कृतिलाई समृद्ध बनाउन सक्रिय रहनुभएका प्रेमदेव गिरिलाई यस वर्षको जगदम्बा-श्री सम्मान प्रदान गरिने भएको छ ।

    Advertisement

    दार्जिलिङ निवासी लेखक छुदेन काविमो नेपाली साहित्यमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । उहाँका उपन्यास ‘उरमाल’ले चियाबारीका कथाहरूमार्फत दार्जिलिङका जनजीवन, श्रमिक समुदायको पीडा र सामाजिक-सांस्कृतिक वास्तविकतालाई कलात्मक ढंगले प्रस्तुत गरेको बताइएको छ ।

    मदन पुरस्कार गुठीले यसअघि उत्कृष्ट कृतिहरूको छोटो सूची सार्वजनिक गरेको थियो । सूचीमा रमेश भुसालको नियात्रा ‘छालबाटो ः कैलाशदेखि गंगासम्म’, कुमारी लामाको निबन्धसंग्रह ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको कवितासंग्रह ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको कथासंग्रह ‘बहुरूपी’, सुधिर शर्माको गैरआख्यान ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ रहेका थिए ।

    त्यसैगरी, प्रेमदेव गिरि विगत केही दशकदेखि लोकगीत, भाका र मौलिक धुनहरूको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले नेपालका विभिन्न भूभागमा प्रचलित लोपोन्मुख भाकाहरू संकलन गर्दै पुस्तौंदेखिका मौखिक परम्पराहरूलाई पुस्तक र ध्वनिमार्फत जीवन्त राख्ने प्रयास गर्दै आउनुभएको छ । मदन पुरस्कार गुठीका अनुसार, पुरस्कार तथा सम्मानको औपचारिक वितरण कार्यक्रमको मिति पछि सार्वजनिक गरिनेछ ।

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer