काठमाडौं । आज २०८२ साल भाद्र ९ गते सोमवार । आज दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानहरू तथा लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
राती हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ ।




