☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

तिम्बुङ पोखरी संरक्षणका लागी ट्रेल रनको तयारी


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • काठमाडौं । पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुङ पोखरी पूर्वकै आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । यसै आकर्षक पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी संरक्षण तथा प्रचार-प्रसारका लागी, सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी भदौ २६ गते तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता गर्ने गरी तयारी सुरु गरिएको तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी पूर्वकै आकर्षक र स्थापित धार्मिक पर्यटकीय गन्तव्य हो ।

    Advertisement

    ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीको प्रवर्धन र विकास गर्न ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ । पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुङ पोखरी क्षेत्रको प्रचार–प्रसारसँगै प्रवर्धन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

    पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीमा अधिक पर्यटक भित्र्याउने र थप प्रवर्धन र विकास गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक अमिर राईले जानकारी दिनुभयो । राईका अनुसार गत आर्थिक वर्षमा सम्पन्न गरिएको प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवका अवसरमा आयोजित खुला म्याराथनको निरन्तरतास्वरुप तिम्बुङ पोखरी ट्रेल रन आयोजना गर्न लागिएको छ ।

    तिम्बुङ पोखरी ट्रेल रनका विजेताले खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै ट्रेल रन (दौड) प्रतियोगितामा महिलातर्फ र स्थानीय विजेतालाई छुट्टै पुरस्कारको व्यवस्था गरिने समितिले जनाएको छ । तिम्बुङ पोखरी क्षेत्रअन्तर्गत नै पर्ने तीन हजार ५१५ मिटर उचाइ रहेको पर्यटकीय गन्तव्य सिदिङ्वाधाममा गत जेठ दोस्रो साता पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

    सिदिङ्वा गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी, सिदिङ्वाधाम, ढङ्ढङ्गे झरना, चमेरे गुफा, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव तथा प्रतियोगिताहरु गर्न सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्धन र विकास गर्न कार्यक्रमहरुलाई निरन्तरता दिने पनि गाउँपालिकाले जनाएको छ ।(गोरखापत्रबाट)

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer