• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तिम्बुङ पोखरी संरक्षणका लागी ट्रेल रनको तयारी


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • काठमाडौं । पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुङ पोखरी पूर्वकै आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । यसै आकर्षक पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी संरक्षण तथा प्रचार-प्रसारका लागी, सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी भदौ २६ गते तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता गर्ने गरी तयारी सुरु गरिएको तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी पूर्वकै आकर्षक र स्थापित धार्मिक पर्यटकीय गन्तव्य हो ।

    Advertisement

    ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीको प्रवर्धन र विकास गर्न ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ । पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुङ पोखरी क्षेत्रको प्रचार–प्रसारसँगै प्रवर्धन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

    पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीमा अधिक पर्यटक भित्र्याउने र थप प्रवर्धन र विकास गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक अमिर राईले जानकारी दिनुभयो । राईका अनुसार गत आर्थिक वर्षमा सम्पन्न गरिएको प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवका अवसरमा आयोजित खुला म्याराथनको निरन्तरतास्वरुप तिम्बुङ पोखरी ट्रेल रन आयोजना गर्न लागिएको छ ।

    तिम्बुङ पोखरी ट्रेल रनका विजेताले खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै ट्रेल रन (दौड) प्रतियोगितामा महिलातर्फ र स्थानीय विजेतालाई छुट्टै पुरस्कारको व्यवस्था गरिने समितिले जनाएको छ । तिम्बुङ पोखरी क्षेत्रअन्तर्गत नै पर्ने तीन हजार ५१५ मिटर उचाइ रहेको पर्यटकीय गन्तव्य सिदिङ्वाधाममा गत जेठ दोस्रो साता पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

    सिदिङ्वा गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी, सिदिङ्वाधाम, ढङ्ढङ्गे झरना, चमेरे गुफा, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव तथा प्रतियोगिताहरु गर्न सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्धन र विकास गर्न कार्यक्रमहरुलाई निरन्तरता दिने पनि गाउँपालिकाले जनाएको छ ।(गोरखापत्रबाट)

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer