• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

पत्रकार महासंघ ललितपुरले प्रकाशन गरेको ‘मार्गदर्शक’ पुस्तक विमोचन


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल पत्रकार महासंघ, ललितपुर शाखाले प्रकाशन गरेको ‘मार्गदर्शक’ पुस्तकको हिजो एक कार्यक्रमकाबीच विमोचन गरिएको छ।

    Advertisement

    ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अतिथिहरुबाट सामूहिकरुपमा पुस्तकको विमोचन गरिएको हो।

    कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, बागमती प्रदेशसभा सदस्य उर्मीला लामा, ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीले सामूहिक रुपमा पुस्तकको विमोचन गरेका हुन्।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आवद्ध पत्रकारहरुका यसैवर्ष एसईई र प्लसटु उत्तीर्ण छोराछोरीलाई सम्मान गरिएको थियो।

    त्यसैगरि पत्रकार महासंघ ललितपुर शाखाको संस्थागत विकासमा योगदान पुर्याउने विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा पत्रकार महासंघ ललितपुरको स्थापनादेखि हालसम्म नेतृत्वमा रहेका अध्यक्षहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

    कार्यक्रममा कांग्रेस नेता राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई निरुत्साहित गर्नेतर्फ ध्यान दिन पत्रकारहरुलाई आग्रह गरे।

    उनले अहिले डिजिटलमाध्यमबाट समाचार सम्प्रेषण गर्ने अवसरसँगै चुनौती पनि थपिएको बताए। सन्तनेता कृष्णप्रसाद भट्टराईले सुरु गरेको पत्रकार महासंघको इतिहासलाई जीवन्त राख्न महासंघ ललितपुर शाखाले गरेको योगदानको प्रशंसा गरे।

    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ उर्मिला लामाले महासंघले प्रकाशन गरेको पुस्तकले इतिहासको संरक्षण गरेको बताइन्। उनले सम्मानित हुने सम्पूर्ण विद्यार्थीको उज्ववल भविष्यको कामना गरिन्।

    कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

    पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको ललितपुर शाखा काठमाडौँ उपत्यकाको उत्कृष्ट शाखाको रुपमा स्थापित भएको बताइन्। उनले अनलाइन पत्रपत्रिका दर्ता सम्बन्धमा देखिएका समस्या समाधानका लागि महासंघले सरकारलाई ज्ञापनपत्र बुझाएको जानकारी दिइन्।

    कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ललितपुरको पत्रकारिताको इतिहासलाई समेटेर पुस्तक प्रकाशन गरेकोमा महासंघ ललितपुर शाखालाई धन्यवाद दिए।

    आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer