• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

स्वदेशी खाऊँ, स्वदेशी लगाऔँ’ नाराले सार्थकता पाउँदैछ: अध्यक्ष ज्ञवाली


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा अहिले ‘स्वदेशी खाऊँ, स्वदेशी लगाऔँ, उद्यमशीलता प्रोत्साहन गराैँ’ भन्ने नाराले सार्थकता पाइरहेको बताएकी छन्। नेपालका महिला उद्यमी संगठित भएर महासङ्घमार्फत दशकौँदेखि प्रयत्नशील रहेको बताउँदै अध्यक्ष ज्ञवालीले अहिले उक्त नाराले सार्थकता पाइरहेको बताएकी हुन्।

    Advertisement

    ‘अहिले संघीय सरकारका मन्त्रालयमा रहेका कार्यकक्ष वा सभा हलमा स्वदेशमा उत्पादन भएको सामान प्रयोग गरिरहेको देख्छु,’ शनिबार गुलरिया महिला उद्यमी संघ बर्दियाको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले भनिन्,‘त्यसले अब स्वदेशी खाऊँ, स्वदेशी नै लगाऔँ भन्ने नाराले सार्थकता पाइरहेको अनुभूति भइरहेको छ।’

    साधारण सभाको प्रमुख अतिथिसमेत रहेकी अध्यक्ष ज्ञवालीले घरेलु, साना र मझौला उद्योगको विकास नहुँदासम्म देश समृद्ध नहुने बताइन् । उनले भनिन्, ‘देश समृद्ध भए मात्रै देशका नागरिक पनि समृद्ध हुन्छन्। देशको समृद्धिका लागि घरेलु, साना र मझौला उद्योग स्थापना, सञ्चालन र विकास गरौँ।’ यही अभियानमा महिला उद्यमी महासंघ क्रियाशील रहेको उनले बताइन्।

    समारोहमा पछिल्लो समय घरेलु, साना तथा मझौला उद्योगमा महिलाको संख्या बढ्दै गएकामा पनि अध्यक्ष ज्ञवालीले खुसी व्यक्त गरिन्.। ‘उद्यम क्षेत्रमा महिलाको सक्रियता बढेको छ। उनीहरूलाई प्रोत्साहनको खाँचो पनि छ । महिलाको उत्साह, जाँगर र हौसला बढाउन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले ध्यान दिनुपर्छ,’ उनले भनिन्।

    स्वदेशमा उत्पादित भएका वस्तु सबैले प्रयोग गर्दै गए महिला उद्यमीको वित्तीय अवस्थामा सुधार हुँदै जाने विश्वास व्यक्त गरिन् । अध्यक्ष ज्ञवालीले अगाडि भनिन्,‘महासङ्घमार्फत हामीले उद्यमीहरूले बनाएका सामाग्री स्वदेशमा मात्रै नभएर विदेशमा समेत प्रदर्शनी र विक्री–वितरणको व्यवस्था मिलाएका छौँ।’

    यस्तै महासंघले उद्यममार्फत आफ्नै देशमा स्वरोजगार हुन चाहनेका लागि तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जाको पहल गरिरहेको उनले बताइन् । ‘पाँच वर्षका लागि २५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नीतिगत व्यवस्थाका लागि हामीले गरेको पहलको नतिजा दिइसकेको छ। यसमा महिला दिदीबहिनीहरूले फाइदा उठाउन सक्नुहुन्छ,’ अध्यक्ष ज्ञवालीले भनिन्।

    गुलरिया महिला उद्यमी संघका अध्यक्ष उमा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर खड्का विशिष्ट अतिथि थिए। नगरप्रमुख खड्काले नगरपालिकाले महिला उद्यमीलाई प्रोत्साहन गर्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले महिला उद्यमशील हुँदा आर्थिक समृद्धि मात्र नभएर समाज र राष्ट्रको रूपान्तरणमा पनि मद्दत पुग्ने बताए।

    यस्तै साधारण सभामा महिला उद्यमी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्मा पराजुली, गोमा उप्रेतीलगायत उपस्थित थिए।

    अध्यक्षमा रेग्मी सर्वसम्मत

    यसैबिच गुलरिया महिला उद्यमी संघ बर्दियाको नयाँ कार्यसमिति उपमा रेग्मीको अध्यक्षतामा सर्वसम्मत चयन भएको छ । तेस्रो साधारण सभा तथा अधिवेशनको भेलाले रेग्मीको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

    महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीसँग गुलरिया महिला उद्यमी संघकी नवनिर्वाचित अध्यक्ष उपमा रेग्मी
    यस्तै प्रथम उपाध्यक्षमा सङ्गीता थापा, द्वितीय उपाध्यक्षमा राधिका ज्ञवाली पौडेल, सचिवमा मिना चौधरी, सहसचिव करुणाकुमारी पाण्डे, कोषाध्यक्ष सुनिता चौधरी निर्वाचित भएका छन् ।

    सदस्यमा इन्दिरा सुवेदी, रूपा बजगाईँ, चन्द्रा वली, शान्ति सुनार, टीका शम्सेली मगर, वसन्ती जोशी, राधा कुँवर चयन भएका छन्।

    निर्वाचित नयाँ कार्यसमितिलाई महासंघकी केन्द्रीय अध्यक्ष ज्ञवालीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।(नागरीक)

    आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer