काठमान्डौ। मिति २०८२ भदौ २३ गते भूगोल केन्द्रीय विभाग किर्तिपुरमा एक समारोहका बीच श्री सूर्यलाल अमात्य पुरस्कार वितरण र The Geographical Journal of Nepal, Vol. 18, 2025 विमोचन कार्यक्रम विभागीय प्रमुख प्रा. डा. उमेश कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भयो। विभागीय प्रमुखको विभागीय प्रस्तुतिबाट शुरु गरिएको कार्यक्रममा विभागका गतिविधीहरुः नया पठ्यक्रम, भवन निर्माण, अन्तर्राष्ट्रिय सम्बन्धनका बारे प्रकाश पार्दै, हालका वर्षहरुमा यो विभागमा विज्ञान संकाय विद्यार्थीहरुको रोजाइमा परिरहेकाले ती विद्यार्थीहरुलाइ विज्ञान संस्थान अन्तर्गतको उपाधी उपलब्ध गराउनु पर्ने राय व्यक्त गर्नु भयो। साथै यस विभागमा अवस्थित GIS and RS Centre र अत्याधुनिक Soil, Water and Plant Lab सञ्चालनका लागि पनि यस विभागलाइ विज्ञान संस्थान अन्तर्गत राख्नु पर्ने सूझाव दिनु भयो।
उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा दिपक अर्याल ज्युले प्रमुख अतिथिको रुपमा विभागबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अङ्क लिइ उत्तीर्ण विद्यार्थी श्री सुजाता श्रेष्ठलाइ पुरस्कार प्रदान गर्नु भयो र जर्नल विमोचन गर्नु भयो। साथै कार्यक्रमलाई सम्बोधन गर्दै यस विँभागका गतिविधीहरुलाइ नजिकबाट नियालिरहनु भएको र यस विभागलाइ विज्ञान संकाय अन्तर्गत राख्नको लागि आवस्यक पहल गर्ने बताउनु भयो। स्वयम उपकुलपति ज्यु मौसमविद भएकाले पनि आगामी दिनमा जलवायु परिवर्तनको क्षेत्रमा सहकार्य र निकट भविश्यमा हुन गइ रहेको जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आव्हान गर्नु भयो। यस कार्यक्रममा मानविकी तथा समाजिकशास्त्रका डीन प्रा. डा. दुबीनन्द ढकाल ज्युले आफ्ना सम्बोधनका क्रममा विभागलाइ अवश्यक नीतिगत सहयोग रहने बताउदै विभाग र पुरस्कृत विद्यार्थीलाइ बधाइ ज्ञापन गर्नु भयो। अतिथीको आसन बाट विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा. डा. अक्कलदेव मिश्र ज्युले बधाइ ज्ञापन गर्नु भयो। पुरस्कार दाताका तर्फ बाट अनिललाल अमात्य र सुनिललाल अमात्य उपस्थित हुनुहुन्थ्यो र सम्बोधनका क्रममा वहाका स्वर्गीय पिता प्रा. डा. सूर्यलाल अमात्य यस विभागमा पूर्व विभागीय प्रमुख र विश्वविद्यालयको पूर्व शिक्षाध्यक्ष पनि हुनुहुन्थो ले विश्वविद्यालयका कुनै पनि मुद्दाहरुलाइ परिवारमा लिएर नजाने गर्नु हुन्थ्यो भनि स्मरण गर्नु भयो। उक्त कार्यक्रममा विभागका विद्यार्थीहरु, प्राध्यापकहरु र कर्मचारीहरुको समउपस्थित हुनु हुन्थ्यो। कार्यक्रममा उपस्थित सम्पूर्णलाइ स्वागत विभाग उपप्राध्यापक डा. छविलाल चिदीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन उपप्राध्यापक शेरबहादुर गुरुङले गर्नु भएको थियो।





