☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

टेलिकमको नयाँ प्याकेज


  •   शनिबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग सम्बोधन गर्न जिएसएम पोस्टपेडमा रिक्योरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ । कम्पनीले जिएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजमा प्याकेजको समयावधि समाप्तिपछि स्वचालित रूपमा पुनः प्याकेज खरिद हुने गरी रिन्योअल प्याकेजहरू सञ्चालनमा ल्याएको हो ।

    Advertisement

    कम्पनीका अनुसार साबिकका सजिलो अनलिमिटेड एक सय ९९, सात सय ९९, नौ सय ९९, १४ सय ९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरका रूपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो-रेटका आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वतः सोही प्याकेज रिन्यु हुने व्यवस्था लागू गरिएको छ ।

    अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेज शुल्कभन्दा उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानीपछि मात्र सेवा सुचारु हुनेछ । यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् ।

    ग्राहकले बढी वा कम रिसोर्सेजसहितका अन्य रिक्योरिङ प्याकेज खरिद गर्न चाहेमा वा साबिकका नर्मल एसएमएस डाटा प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सकिनेछ । एउटा क्यिोरिङ प्याकेज चलिरहेको अवस्थामा अन्य रिक्योरिङ प्याकेज खरिद गरेमा उक्त प्याकेज पेण्डिङ अवस्थामा रहनेछ र पेण्डिङ प्याकेजलगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र एक्टिभ हुनेछ । अन्य नर्मल प्याकेज लिएको हकमा भने भ्यालिडिटी कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुने कम्पनीले जनाएको छ । रिक्योरिङ सजिलो अनलिमिटेड प्याकेज सुचारु गर्न ८१४१५८२८४३ डायल गरी छनोट गर्नुपर्नेछ ।

    शनिबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer