काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरुद्ध सैन्य कारबाही गर्ने बाध्य हुने बताउनु भएको छ ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवियता विरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताउनु भएको हो ।
हामासले बाँकी मृत बन्धकहरूको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिन पछि चेतावनी आएको हो ।
चेतावनी मार्फत उहाँले नागरिक र बन्धकहरू माथि मानवीयता माथि आक्रमण जारी रहेमा बलियो अमेरिकी कारबाहीको समना गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।
शवहरूको खोजी र हस्तान्त्रण गर्ने गम्भीर कार्यको वर्णन गर्दै, ट्रम्पले पत्रकारहरूलाई “यो जटिल प्रक्रिया भएको उल्लेख गर्नु भएको छ ।
हतियारको सवालमा बोल्दै उहाँले, हमासले आफ्नो हतियारहरूका साथ आत्मसमर्पण गर्नुपर्ने कुरामा जोड दिनु भयो । यदि हमास समूहले यो नियमको पालन गर्न असफल भयो भने निर्णायक अमेरिकी कारबाहीको चेतावनी दिनु भएको छ ।
अमेरिकाले अर्जेन्टिनाको अर्थतन्त्रलाई स्थिर बनाउन २० अर्ब डलरको आर्थिक सहयोग प्याकेज घोषणा गरेको केही समयपछि ह्वाइट हाउसमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेसँग द्विपक्षीय भोजको क्रममा ट्रम्पले यस्तो टिप्पणी गर्नु भएको हो ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई स्वागत गर्न लाग्नुभएको छ । तर उहाँले किएभलाई लामो दूरीको टोमहाक क्रूज मिसाइल बिक्री गर्ने सम्भावना न्यून रहेको सङ्केत गर्नुभएको छ । युक्रेनी पक्षले ती मिसाइलहरूलाई आफ्नो रक्षा र प्रतिआक्रमणका लागि अत्यावश्यक बताउँदै आएको छ ।
जेलेन्स्की र ट्रम्पबीचको यो भेट ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको लामो टेलिफोन वार्ताको भोलिपल्ट हुँदैछ । सो वार्तामा दुवै नेताले युक्रेन युद्धबारे विस्तृत छलफल गर्नुभएको थियो । हालसम्म ट्रम्पले युक्रेनलाई टोमहाक मिसाइल बिक्री गर्ने सम्भावनाप्रति खुलापन देखाउनुभएको थियो तर पुटिनले यस्तो कदमले अमेरिका-रूस सम्बन्धमा गम्भीर तनाव ल्याउने चेतावनी दिनुभएको थियो ।(एजेन्सी)