• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

कता छन यी त्रिवि जग्गा, नामोनिसान छैन


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापनाको क्रममा दिइएको जग्गा अतिक्रमण तथा सीमा मिचिएका तथ्य सार्वजनिक भइरहँदा केही स्थानका जग्गाको अझैसम्म नामोनिसानसमेत भेटिएको छैन ।

    Advertisement

    २०१३ सालमा त्रिवि स्थापनाका लागि ललितपुरको लुभु, काठमाडौँको छाउनी, स्वयम्भू, महाराजगन्ज, काभ्रेको नगरकोटलगायतका स्थानमा जग्गा अध्ययन गरिएको थियो, जसमध्ये तत्कालीन श्री ५ मुमा बडामहारानीहरू कान्ति राज्यलक्ष्मी शाह र ईश्वरी राज्यलक्ष्मी शाहले ललितपुरको लुभुमा ३७५ रोपनी निजी बिर्ता जग्गा विश्वविद्यालय स्थापनाका लागि दिएका विभिन्न अभिलेखबाट देखिन्छ तर यो जग्गा अहिले कुन ठाउँमा छ र कसले भोगचलन गरिरहेको छ भन्ने सामान्य जानकारी कसैलाई पनि छैन ।

    त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ ले पनि यसलाई उजागर गरेको छ । तत्कालीन अवस्थामा बडामहारानीहरूले जग्गा दिएको विषय २०१३ साल असार १७ गते गोरखापत्र दैनिकमै समाचार छापिएको छ । “त्रिविलाई जग्गा दिइएको भनेको क्षेत्रको धरातलीय यथार्थ बुझ्न विश्वविद्यालय कमिसनले २०१३ वैशाख २ गते निरीक्षण गरेको त्रिविकै पहलमा लेखिएको विश्वविद्यालयको इतिहास (२०१६–२०२०) सम्बन्धी पुस्तकमा उल्लेख छ,” प्रतिवेदनमा भनिएको छ ।

    प्रतिवेदन अनुसार उक्त स्थानका लागि आवश्यक पर्ने पानी गोदावरी खोला, ढुङ्गेमती, गोपालडोल, श्री ढुङ्गमतीबाट पाइप बिछ्याउनका लागि पाइपलाइनको दुरीसमेत गणना गरेको र त्यसरी दिइएको जग्गा गोदावरी नौधाराबाट ३.५ माइल उत्तरपश्चिममा र गुन्डुमती १.५ माइल दक्षिण पश्चिम कुनामा रहेको विश्वविद्यालयको इतिहाससम्बन्धी पुस्तकमा उल्लेख गरिएको छानबिन समितिले प्रस्ट पारेको छ । साथै २०१३ असार १४ गते कमिसनको नारायणहिटीमा बसेको बैठकले उक्त जग्गामा आवासीय विश्वविद्यालयसमेत स्थापना गर्न सकिने र उक्त जग्गा विश्वविद्यालयको कार्यमा राखिदिने निर्णय गरिएको विविध अभिलेखबाट पुष्टि भएको समितिको प्रतिवेदनमा छ तर समितिले गत वर्ष उक्त जग्गाबारेमा स्थानीयको सहयोगमा लुभु क्षेत्रको अवलोकन गरे पनि जग्गा यकिन हुन नसकेको बताएको छ । नापी कार्यालय ललितपुरको फिल्डबुकमा पनि साबिक लुभु पञ्चायत वडा नं. ९ (क) का विभिन्न कित्ताका जग्गा किसानले कमाइरहेको देखिएको थियो । २०२१ साल फागुनको नापी अनुसार जग्गावाला किसानको नाम, थर, वतन महलमा श्री ५ जिजुमुमा बडामहारानीको निजी बिर्ता जग्गा भनी उल्लेख भएको प्रमाण भेटिएको थियो ।

    साथै किसानको बेहोरामा पनि यो जग्गा श्री ५ बडा महारानीको बिर्ता हो मैले जोती खाएको भन्ने बेहोरा उल्लेख भएको पनि समितिका सदस्य बल्लभ अधिकारीले जानकारी दिनुभयो । यी सबै तथ्य केलाउँदा उक्त जग्गाको भौगोलिक अवस्थिति खोजबिन गर्न अझै केही समय लाग्ने देखिएको तर समितिको कार्यावधि सकिएकाले पूरा गर्न नसकिएको समितिले जनाएको छ । त्रिविले छुट्टै खोजबिन समिति गठन गरी थप अध्ययन गर्न उपयुक्त हुने सुझाव समितिले दिएको छ । त्यस्तै विद्वत् शिरोमणि हेमराज शर्माको स्मृतिमा उहाँका छोरा केशरीराज पाण्डे र बुहारी किरणकुमारी पाण्डेले त्रिविलाई दिएको काठमाडौँ कपनको जग्गाबारे पनि त्रिवि पदाधिकारी अनभिज्ञ देखिएका छन् । समितिका अनुसार पाण्डेको स्मृतिमा कपन गाउँ पञ्चायत वडा नं. ७ (क) को कित्ता नं. १९ को २९ रोपनी आठ आना जग्गा त्रिविलाई दिएको देखिन्छ ।

    २०४६ सालको त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णय नं. १८४६ ले पाण्डे परिवारले दिएको जग्गा लिने र निजसँग लालपुर्जा र खरिदबमोजिमको जग्गा छोडपत्र गराई रजिस्ट्रेसन पास गराई लिने स्वीकृति भएको देखिन्छ तर विश्वविद्यालयको प्रशासन महाशाखाबाट कार्यकारीको निर्णय कार्यान्वयन गर्नेतर्फ चासो नदिएको समितिको ठहर छ ।

    समितिले यस जग्गाका सम्बन्धमा मालपोत कार्यालय चाबहिलसँग समन्वय गरेर कम्प्युटर अभिलेखमा खोजी गर्दा नभेटेपछि पुरानो लगत हेरेर खोजी गरिदिन पत्राचार गरेको थियो तर यही अवधिमा समितिको कार्य अवधि सकिएका कारण थप तथ्य केलाउन नसकिएको सदस्य अधिकारीले बताउनुभयो । यस विषयमा पनि त्रिविले छुट्टै समिति बनाएर खोजी गर्नुपर्ने सुझाव दिइएको छ ।

    यसअघि त्रिविले सम्पत्ति सङ्कलन, संरक्षण तथा व्यवस्थापनबारे अध्ययन गर्न, २०७२ चैत ४ गते प्राध्यापक अनुपकुमार श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिले नीति, नियम र समन्वयको अभाव, दक्ष जनशक्तिका कारण अभिलेख र भण्डारणको समस्या रहेको औँल्याएको थियो ।(गोरखापत्रबाट)

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer