☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

ड्यालस काउन्टी कोर्ट पछी अब अमेरिकाको फोर्ट वर्थ सिटीद्वारा दीपावली पर्वलाई मान्यता प्रदान


  •   बिहिबार, कार्तिक ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले मान्यता प्रदान गरेको छ ।

    Advertisement

    फोर्ट वर्थ सिटी काउन्सिलको मंगलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको घोषणा गरेको हो ।

    सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दीपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ ।

    बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दीपावली पर्वलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेश गर्नु भएको थियो ।

    सो अवसरमा उहाँले नेपाली समुदायको सांस्कृतिक र सामाजिक योगदानको उच्च प्रशंसा गर्दै फोर्ट वर्थ सिटी विविधता र सहअस्तित्वको सहर भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, साथै समुदायका अगुवा तथा स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।

    यस अघि टेक्ससको ड्यालस काउन्टी कोर्टले पनि गत बर्ष दिपापली पर्बलाई काउन्टीको आधिकारिक उत्सवको रुपमा घोषणा गरेको थियो ।(गोरखापत्रबाट)

    बिहिबार, कार्तिक ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer