• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पहाडको टुप्पोमा आर्कषक टिमुरे ताल


  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
  • काठमाडौ । सडक सुविधा पुगेपछि चन्द्रकोट गाउँपालिका–४ को शान्तिपुर बजारबाट करिव ४५ मिनेट टिमुरे ताल आउँछ । अग्लो पहाडको टुप्पोमा बनेको निकै सुन्दर र रमणीय प्राकृतिक ताल आफैँमा उत्कृष्ट छ । त्यो बाहेक टिमुरे क्षेत्रबाट उत्तरका मनमोहक हिमश्रृङखला (धौलागिरि, माछापुच्छ्रे), पूर्वको सूर्योदय, पश्चिमको सूर्यअस्त, चारैतिरका डाँडाकाँडा र काखमा बसेको शान्तिपुर बजारका दृश्य निकै लोभलाग्दा छन् । मौसम खुलेर सफा भएकाले टिमुरेको यात्रा निकै फलदायी छ ।

    Advertisement

    यो गुल्मीकै आकर्षक पर्यटकीय गन्तव्य हो । यसको प्राकृतिक बिचित्रताको बयान गरेर सकिँदैन् । यो ताल एक हजार सात सय ५० मिटर उचाइमा अवस्थित छ । झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको ताल करिब तीन मिटर गहिरो छ । जतिसुकै सुख्खा समयमा पनि तालमा पानी रहन्छ । पर्यटकलाई थप आकर्षण गर्न पर्यटकीय क्षेत्र टिमुरे तालमा डुङ्गा सञ्चालन गरिए पनि निरन्तरता पाउन सकेन् । तर बाहिरको वातावरणनै पर्यटकका लागि निकै आनन्दको छ ।

    चन्द्रकोटको प्रमुख पर्यटकीय क्षेत्र टिमुरे ताल र आसपाको क्षेत्र हो । तर पछिल्लो समय तालको पानी घट्दै गएपछि सरकारका तीनै तहको तर्फबाट प्राविधिक परीक्षण र संरक्षका लागि विभिन्न किसिमका कामहरु भइरहेको चन्द्रकोट गाउँपालिकाका प्रमुख युवराज केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ताल प्राकृतिक हो पानीको मात्रा घट्न थालेकाले सङ्घीय सरकारसँग विभिन्न पहल गरेका छौँ । पर्यटकीय विकासका लागि तालको नजिकै होमस्टे पनि सञ्चालन भएको छ ।”

    शान्तिपुर बजारबाट केही उकालो निस्केपछि रेमी गाउँ पुगिन्छ । पर्यटकीय क्षेत्र टिमुरे र शान्तिपुर बजारको बिचमा रेमी गाउँ पर्छ । उत्तरमा सेता हिमाल । समथर रेमी गाउँमा टम्म परेको घरहरु छन् । रेमीको थाप्लोमा आर्कषक टिमुरे ताल छ । चन्द्रकोट गाउँपालिका–४ को रेमी गाउँमा रानामगर, पुन, श्रीस र नेवार लगायतका करिब डेढ सय जनजाती समुदाय बस्दै आएका छन् । पर्यटक मनोरञ्जनकै लागि होमस्टे पुग्छन् । पर्यटकलाई खानपान, बसाई र कला संस्कृतिलेनै आकर्षित गर्ने हो । त्यसमा रेमी गाउँ अब्बल छ ।

    रेमी गाउँमा सालैजो, सोरठी, सुनिमाया र यानीमाया प्रख्यात छन् । टिमुरेको नजिकको रेमी गाउँमा टिमुरको चट्नी, साँधेको अचार, मकै, भट्ट, फापर, कोदोको रोटी र लोकल कुखुराको रससँग रम्न पाइन्छ् । नजिकका शान्तिपुर बजार र टिमुरे तालका कारण होमस्टेको भविष्य राम्रो रहेको भए पनि निरन्तरतामा समस्या रहेको स्थानीय होमस्टे सञ्चालक गौकुमारी पुनले बताउनुभयो ।

    प्राकृतिक रुपमा आर्कषक टिमुरे तालको नजिकै पर्ने भएकाले होमस्टेलाई जोडेर पर्यटकीय आर्कषण बढाउन गाउँपालिकाले होमस्टेका लागि विभिन्न खाले सहयोग गरिरहेको छ । जिल्लाका थुप्रै पर्यटकीय क्षेत्र नेताका भाषणमा मात्रै सिमित छन् । त्यस्ता क्षेत्रको समयमै संरक्षण, विकास र प्रचार प्रसार नहुँदा कैयौँ आन्दानी गुम्दै गएका छन् । प्रकृतिले निःशुल्क दिएका अनुपम उपहारहरुको सहि सदुपयोग गर्ने विषयमा पनि तीनै तहका सरकारसँग सोच र खोजको खडेरी छ । अहिले धेरै गाउँ र ठाउँ बसाइसराइँले सङ्कटमा छन् ।(गोरखापत्रबाट)

    शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer