• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

जापानमा समलिङ्गी विवाहमा प्रतिबन्ध


  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समयमा विश्वभर समलिङ्गी विवाहको बारेमा चर्चा हुने गरेको छ । ठिक वा बेठिक भन्ने बहस चलिरहेकै समयमा जापानमा भने जापानको टोकियो उच्च अदालतले समलिङ्गी विवाहमा देशले लगाएको प्रतिबन्धलाई संवैधानिक ठहर गर्दै त्यसलाई विद्यमान रूपमै कायम राख्ने निर्णय गरेको छ । यससँगै राष्ट्रव्यापीरूपमा दायर छ वटा समान मुद्दामध्ये सरकारको पक्षमा उभिने यो पहिलो उच्च अदालत बनेको क्योदो न्युजले जनाएको छ ।

    Advertisement

    उच्च अदालतले समलिङ्गी जोडीलाई विवाह गर्न नदिनेलगायत हाल लागू भएका नागरिक कानूनका प्रावधान वर्तमान अवस्थामा ‘उचित र वैध’ रहेको ठहर गरेको छ । यो फैसला सप्पोरो, टोकियो, नागोया, ओसाका र फुकुओकाका उच्च अदालतको अघिल्लो निर्णय विपरीत छ । ती अदालतमा समलिङ्गी विवाहको कानूनी मान्यता नदिनु असंवैधानिक ठहर गरिएको थियो । यद्यपि ती निर्णयले पनि क्षतिपूर्तिको माग भने खारेज गरेका थिए ।

    छ वटा मुद्दामध्ये अन्तिम फैसला सुनाउँदै न्यायाधीश अयुमी हिगाशीले समलिङ्गी विवाहसम्बन्धी संवैधानिक बहसलाई ‘पहिले संसदमा गम्भीररूपमा छलफल हुनुपर्ने विषय’ भएको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतले यस विषयमा एकीकृत निर्णय आगामी वर्ष कुनै समयमा सुनाउने अपेक्षा गरिएको क्योदो न्युजले जनाएको छ ।

    पछिल्लो मुद्दामा ४० देखि ६० वर्ष उमेर समूहका आठ वादीले नागरिक कानूनले समलिङ्गी विवाहलाई रोक्दै आएको प्रावधानले समानताको अधिकार र विवाह गर्ने स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी उल्लङ्घन गरेको तर्क गर्दै प्रत्येकले १० लाख येन (अन्दाजी छ हजार ४०० अमेरिकी डलर) क्षतिपूर्तिको माग गरेका थिए । सरकार पक्षले भने संविधानले विवाहलाई पुरुष र महिला बीचको सम्बन्धका रूपमा परिभाषित गरेको भन्दै दाबी अस्वीकार गरेको छ ।

    उनीहरूले यो मुद्दामा टोकियो जिल्ला अदालतको सन् २०२४ मार्चको फैसलाविरुद्ध अपिल गरेका थिए, जसले उक्त अवस्थालाई ‘असंवैधानिक अवस्था’ भने पनि क्षतिपूर्तिको माग खारेज गरेको थियो । अहिलेसम्म जारी १२ वटा उच्च र तल्लो अदालतका निर्णय मध्ये ओसाका जिल्ला अदालतसमेत समलिङ्गी विवाहको कानूनी मान्यता रोक्ने संवैधानिकताका पक्षमा उभिन सफल भएको एक मात्र अदालत रहेको छ ।

    जापानी संविधानको धारा २४ मा ‘विवाह दुवै लिङ्गको आपसी सहमतिमा आधारित हुने छ’ भनेर उल्लेख गरिएको छ । यही व्याख्यालाई आधार मान्दै सरकारले समलिङ्गी विवाह वैधानिक गर्न नपाइने तर्क गर्दै आएको हो । एलजिबिटी समुदाय र मानवअधिकार समर्थकको बढ्दो दबाबबीच पनि जापान समलिङ्गी विवाह वा नागरिक सङ्घलाई वैधानिकता नदिइरहेको सात विकसित राष्ट्र मध्ये एक मात्र देश बनेको छ । (एएनआई)

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer