☰
मङ्गलबार, कार्तिक ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी दललाई चिह्न प्रदान


  •   शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन दर्ताको निवेदन दिएका दलहरूको दर्ता स्वीकृत गरी निर्वाचन चिह्न प्रदान गरेको छ । राष्ट्रिय सभामा रिक्त हुने १८ पदका लागि आगामी माघ ११ गते आइतबार निर्वाचन हुँदै छ । अर्को एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छ ।

    Advertisement

    आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निर्वाचन प्रयोजनका लागि १३ वटा दलले दर्ताको निवेदन दिएकोमा सबै दलको दर्ता स्वीकृत गरी निर्वाचन चिह्न प्रदान गरिएको छ । आयोगले निर्वाचनमा भाग लिने दलको क्रमसमेत निर्धारण गरेको छ ।

    २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरिएको छ । नयाँ दर्ता भएका दललाई भने दल दर्ताका लागि दिएको निवेदनको दर्ता क्रम अनुसार मतपत्रमा रहने निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको आयोगले जनाएको छ ।

    जस अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्रमा क्रमशः नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालको निर्वाचन चिह्न मतपत्रको पाँचौँ क्रममा रहने छन् । त्यसपछि जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई/मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण गरिएको छ ।

    नयाँ दर्ता भएका दुई दल नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको पुछारमा रहने छन् । यी दुईसहित नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको माथिल्लो सदनमा प्रतिनिधित्व छैन । दर्ता स्वीकृत भएको र क्रम निर्धारण गरिएको सबै दलको निर्वाचन चिह्न सात वटै प्रदेशमा एकैनासको हुने आयोगले जनाएको छ ।

    सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिमबाट दुई/दुई र लुम्बिनीबाट तीन जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन् । अर्को एक जना मनोनीत हुने छन् ।

    राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गतेबाट सकिँदै छ । सभा सदस्य निर्वाचन ऐनले पदावधि सकिनुभन्दा ३५ दिनअगावै रिक्त हुने सदस्यको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ ।(गोरखापत्रबाट)

    शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer