• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ०९, २०८३
☰
शनिबार, साउन ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी दललाई चिह्न प्रदान


  •   शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन दर्ताको निवेदन दिएका दलहरूको दर्ता स्वीकृत गरी निर्वाचन चिह्न प्रदान गरेको छ । राष्ट्रिय सभामा रिक्त हुने १८ पदका लागि आगामी माघ ११ गते आइतबार निर्वाचन हुँदै छ । अर्को एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छ ।

    Advertisement

    आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निर्वाचन प्रयोजनका लागि १३ वटा दलले दर्ताको निवेदन दिएकोमा सबै दलको दर्ता स्वीकृत गरी निर्वाचन चिह्न प्रदान गरिएको छ । आयोगले निर्वाचनमा भाग लिने दलको क्रमसमेत निर्धारण गरेको छ ।

    २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरिएको छ । नयाँ दर्ता भएका दललाई भने दल दर्ताका लागि दिएको निवेदनको दर्ता क्रम अनुसार मतपत्रमा रहने निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको आयोगले जनाएको छ ।

    जस अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्रमा क्रमशः नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालको निर्वाचन चिह्न मतपत्रको पाँचौँ क्रममा रहने छन् । त्यसपछि जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई/मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण गरिएको छ ।

    नयाँ दर्ता भएका दुई दल नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको पुछारमा रहने छन् । यी दुईसहित नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको माथिल्लो सदनमा प्रतिनिधित्व छैन । दर्ता स्वीकृत भएको र क्रम निर्धारण गरिएको सबै दलको निर्वाचन चिह्न सात वटै प्रदेशमा एकैनासको हुने आयोगले जनाएको छ ।

    सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिमबाट दुई/दुई र लुम्बिनीबाट तीन जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन् । अर्को एक जना मनोनीत हुने छन् ।

    राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गतेबाट सकिँदै छ । सभा सदस्य निर्वाचन ऐनले पदावधि सकिनुभन्दा ३५ दिनअगावै रिक्त हुने सदस्यको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ ।(गोरखापत्रबाट)

    शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer