• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

अब एलपी ग्याँस पनि पाइप लाइनमार्फत् ल्याइने


  •   सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालले भारतसँग क्रस बोर्डर पाइप लाइनमार्फत् खाना पकाउने ग्याँस (एलपिजी) आपूर्ति र काठमाडौंको सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणमा सहयोगका लागि भारतसँग प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा डिसेम्बर ८ मा सम्पन्न नेपाल-भारत पेट्रोलियम तथा ग्याँस संयुक्त कार्य समूह (जोइन्ट वर्किङ ग्रुप)को पाँचौँ बैठकमा उक्त प्रस्ताव गरिएको बैठकको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम पोखरेलले जानकारी दिनुभयो ।

    Advertisement

    नेपालले सन् २०१९ देखि पाइप लाइनमार्फत् डिजेल आयात सुरु गरेकोमा पेट्रोल र मट्टितेल पनि सोही प्रणालीबाट ल्याउने तयारी गरिएको छ । जसमा एलपिजी ग्याँस पनि समेट्न नेपालले प्रस्ताव गरेको हो । एक वर्षअघि नै पाइप लाइनमार्फत् हवाई इन्धन ल्याउने विषयमा दुई देशबीच सहमति भइसकेको थियो ।

    नेपालले सिनामंगलस्थित हवाई इन्धन डिपो सार्न पनि भारतको सहयोग मागेको छ । नेपाल आयल निगमले उक्त डिपो गुह्येश्वरीमा सार्ने योजनासहित नयाँ हवाई इन्धन डिपो निर्माणको प्रक्रिया अघि बढाएको छ । पाइप लाइनमार्फत् हवाई इन्धन आपूर्तिका लागि अमलेखगञ्जदेखि लोथरसम्मको नयाँ पाइप लाइन निर्माणको काम पनि सुरु भइसकेको छ । सरकारले चितवनको लोथरमा हवाई इन्धन भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ ।

    गत वर्षको सहमतिअनुसार विस्तारित अमलेखगञ्ज-लोथर पाइप लाइनमार्फत् नै हवाई इन्धन आयात गरिनेछ । हाल सिलीगुढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम भइरहेको छ । नेपाल आयल निगमका अनुसार सिलिगुढी–चारआली पाइप लाइन ५० किलोमिटर लामो हुनेछ, जसमध्ये ३५ किलोमिटर नेपालतर्फ र १५ किलोमिटर भारततर्फ पर्नेछ । त्यस्तै, ६२ किलोमिटर लामो हुने अमलेखगञ्ज–लोथर पाइप लाइन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।(हिमालय टाइम्सबाट)

    सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer