• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गठबन्धनबीच सिट बाँडफाँट: कांग्रेसलाई ८६, माओवादीलाई ५३


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ ।  सत्ता गठबन्धनबीच प्रतिनिधिसभा निर्वाचनको भागबण्डा अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिसिभाको कुल १६५ सिटमा कांग्रेसले ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने सहमति भएको छ। बाबुराम भट्टराई नेतृत्वको नेसपासहित माओवादीलाई ५३ सिट, एकीकृत समाजवादीले भने १७ सिट पाउने लगभग टुंगिएको छ।

    Advertisement

    केही ठाउँमा दुई वटा दलले दाबी कायम राखेको त्यो पनि सहमतिकै आधारमा भागबन्डा गरेर मिल्ने नेताहरूले बताएका छन्। नेताहरूको अनुसार अब सिट बाँडफाँट टुंगिन धेरै समय लाग्ने छैन। करिब २ महिनाको छलफलपछि सिट बाँडफाँट सहमति उन्मुख भएको छ।

    गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको छ।

    कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर-३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम–२, बाजुरा, सुर्खेत- १ र २, दैलेख-२, मुगु, नवलपरासी पश्चिम–२, बर्दिया-१ रहेको छ। दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ।

    यसैगरी चितवन- १ र २, गोरखा-१, मनाङ, कास्की-१, तनहुँ-१ र २, स्याङ्जा-१ र २, नवलपरासी पूर्व-१ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी-१, पाल्पा-१, अर्घाखाँची, रुपन्देही-३,४ र ५, कपिलबस्तु–२, ३, दाङ-३ र बाँके-३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ।

    पाँचथर, इलाम-२, झापा–१,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी–२,३ र ४, ओखलढुंगा, उदयपुर–१, सप्तरी–३, ४, सिरहा–१, २ धनुषा- २, ३ र ४ महोत्तरी–२ र ३ निर्वाचन क्षेत्र पनि कांग्रेसले लिने सहमति भएको छ।

    यस्तै सर्लाही-४, बारा- १, पर्सा-३ र ४, सिन्धुली-१, रसुवा, धादिङ-२, नुवाकोट–२, काठमाडौं–१, १०, ३,४,५,६, भक्तपुर–१ र २, ललितपुर–१, काभ्रे–२ सिन्धुपाल्चोक–२ र मकवानपुर-१ कांग्रेसले लिने बताइएको छ।

    जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा–४ मा जसपा, महोत्तरी–३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले दोलखा वा रामेछापमध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ।

    गठबन्धनमा सहमति गरे पनि कांग्रेसभित्रको विवादले सभापति शेरबहादुर देउवा भने अप्ठ्यारोमा छन्। डा।शेखर कोइराला पक्षलाई पेलेर अघि बढेका देउवा सत्ता गठबन्धनमा भने नरम देखिए। यो थाहा पाएको शेखर समूहले आफ्नो पक्षले ४० प्रतिशत भाग पाउनुपर्ने अडान राखेको छ। आन्दोलनमै उत्रिएको छ। दबाब भेला तथा पार्टी कार्यालयमै धर्नाको कार्यक्रम यो समूहले गरिसकेको छ।

    समानुपातिकतर्फको बन्दसूचीमा देउवाले एकलौटी गरेको, प्रत्यक्षतर्फ पनि ४० प्रतिशत सिट पाउनुपर्ने नभए देशैभर गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गर्ने कडा चेतावनी यो समूहले दिएको छ। आज (बिहीबार) पनि यो समूहको रणनीतिक भेला बस्दैछ।

    यस्तै माओवादीलाई गोरखा-२, रोल्पा, दाङ-२, बाँके-१, बर्दिया-२, नवलपरासी पश्चिम-१, जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम-१, झापा-२, ५, भोजपुर, ताप्लेजुङ, मोरङ-४, ५, सोलुखुम्बु, उदयपुर-२, सिरहा-३, धनुषा-१, महोत्तरी-१, सर्लाही-३, सिन्धुली-१, नुवाकोट-१, काठमाडौँ-२, काठमाडौँ-९, काभ्रे-१, सिन्धुपाल्चोक-१, चितवन-३, लमजुङ, कास्की-१ वा ३, बागलुङ-२, कपिलवस्तु-१, रुकुम पूर्व, कैलाली-२ र ३ बैतडी, कञ्चनपुर-१ दिने सहमति भएको छ।

    यस्तै एकीकृत समाजवादीले इलाम-१, रौतहट-१, बारा-४, धादिङ-१, काठमाडौँ-८, ललितपुर-२, मकवानपुर-२, कास्की-२, गुल्मी-२, पाल्पा-२, रुपन्देही-२, दाङ-१, डोल्पा, दैलेख-१, अछाम-१, बझाङ र डोटीमा उम्मेदवार उठाउने सहमति भएको छ।

    बारा-४, धादिङ-१ र अछाम-१ को मा अन्य दलले पनि दाबी गरेको तर एकीकृत समाजवादीलाई छोड्न दलहरू सहमतिउन्मुख रहेको बताइएको छ।

    जसपाले अहिलेसम्म १३ सिट पाउने सहमति भएको छ। जसअनुसार सुनसरी-१, सप्तरी-१, सिरहा-४, महोत्तरी-४, सर्लाही-१, रौतहट-३, बारा-२, ३, पर्सा-१ र २, काठमाडौँ-७, बाँके-२ र सप्तरी-२ पाउने सहमति भएको हो। जसपाले धनुषा-३ मा समेत दाबी गरिरहेको छ। जसमा कांग्रेसले पनि गरेको दाबी गरेको छ। महोत्तरी-३ र रुपन्देही-१ मा जसपा र माओवादीको पनि दाबी छ। त्यसमा सहमति हुन बाँकी छ। राष्ट्रिय जनमोर्चाले भने बागलुङ-१ र प्युठान पाउने सहमति भएको छ। भागबण्डालाई अन्तिम रूप दिने भने बाँकी नै रहेको नेताहरूले बताएका छन्।-हिमाल प्रेस

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer