काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेलले मुलुकको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा र समृद्धि एमालेबाट मात्र सम्भव भएको उल्लेख गर्नुभएको छ ।
Advertisement
आज नेकपा एमाले भीमेश्वर नगर–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको विस्तारित बैठकमा पोखरेलले यस्तो बताउनुभएको हो ।
उहाँले दोलखामा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउँदै सूक्ष्म तयारीका साथ परिचालित हुन कार्यकर्तालाई निर्देशित गर्नुभयो ।
बैठकले आगामी ४ मंसिरमा सम्पन्न हुने आम निर्वाचनको तयारीका लागि १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
साथै बैठकले चुनाव परिचालनका लागि १७ सदस्यीय सचिवालय तथा १३ सदस्यीय सल्लाहकार कमिटीसमेत गठन गर्दै निर्वाचन केन्द्रित हुने निर्णय गरेको छ ।





