चरिकोट । नेकपा एमाले दोलखाले जिल्लामा निर्वाचन परिचालनका लागि पूर्वमन्त्री तथा पोलिटब्यूरो सदस्यद्वय आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ रहेको ६ सदस्यीय उच्चस्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
सोमबार बसेको जिल्ला कमिटीको बैठकको निर्णय आज सार्बजनिक गर्दै जिल्ला अध्यक्ष तथा प्रदेश क का एमाले प्रदेससभा सदस्य उम्मेद्वार नरबहादुर श्रेष्ठले जिल्ला निर्वाचन परिचालनका लागि उच्चस्तरीय कमिटी बनेको जानकारी दिनुभएको हो ।
कमिटीमा पोलिटब्यूरो सदस्यद्वय पोखरेल र गुरुङसहित केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष तथा प्रदेश क का उम्मेद्वार श्रेष्ठ, प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटी तथा प्रदेश ख का उम्मेदवार भरतबहादुर केसी हुनुहुन्छ ।
निर्वाचन परिचालन विकेन्द्रीत गर्दै जिल्ला कमिटीले प्रदेश क को नेतृत्व गर्ने जिम्मेवारी पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री गुरुङ र प्रदेश ख मा पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पोखरेललाई दिएको छ ।
उच्चस्तरीय परिचालन कमिटीमा जिल्ला सचिव हिरा थोकरले सचिवालय सचिवका रुपमा काम गर्नुहुनेछ । त्यस्तै, जिल्ला अध्यक्ष श्रेष्ठको नेतृत्वमा १ हजार १ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी, प्रदेश क मा पूर्व जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य ईश्वरचन्द्र पोखरेल र प्रदेश खमा अर्का प्रदेश कमिटी सदस्य डबल पाण्डेको नेतृत्वमा बेग्लाबेग्लै परिचालन कमिटी गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै, पार्टी परिचालनको जिम्मेवारी केन्द्रीय सदस्य सरस्वती बस्नेत, जनसंगठन प्रचारको नेतृत्व केन्द्रीय सदस्य रचना खड्का, सामाजिक सांस्कृतिक क्षेत्रको संयोजन पूर्व सांसद शान्ती पाख्रिन, वित्तीय सहकारी परिचालनको संयोजन हेमन्त चौंलागाईंले गर्नुहुनेछ । निर्वाचन प्रचार संयोजनको काम जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले गर्नुहुनेछ ।
प्रचारप्रसारका लागि उहाँको नेतृत्वमा ५ सय ५१ सदस्यीय कमिटी निर्माण भएको छ । त्यस्तै, प्रदेश कका लागि ऋषिकेश उप्रेती र प्रदेश ख का लागि कुमार खड्काको नेतृत्वमा १ सय ५१ सदस्यीय अलगअलग कमिटी गठन गरिएको पनि जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
एमाले दोलखाले आगामी ४ मंसिरको निर्वाचनलाई समग्र शक्ति प्रदर्शनको अवसरका रुपमा लिदैं एकल रुपमा जितेर पुन ः वलियो शक्तिका रुपमा स्थापित हुनेगरी निर्वाचनमा होमिने निर्णय लिएको छ । १ कार्तिक २०७९ प्रेस विज्ञप्ति आदरणीय सञ्चारकर्मी मित्रहरु हार्दिक अभिवादन यतिबेला देश प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको छ ।
एकातिर गठबन्धनका दलहरु मिलेर चुनावमा लागेका छन् र अर्कातिर नेकपा एमाले एकल ढंगले चुनावी मैदानमा उत्रिएको छ । नेकपा एमाले दोलखामा एकल ढंगले चुनावमा उत्रिएको सबैलाई विदितै छ । यो निर्वाचन एमालेले दोलखामा आफ्नो समग्र शक्ति प्रदर्शनका लागि एक अवसरका रुपमा लिएको छ । एमाले दोलखाले एकल ढंगले निर्वाचन जित्ने तयारीमा लागेको छ र जनताकाबीचमा स्थापित र बलियो पार्टीका रुपमा आफ्नो पहिचानलाई निरन्तरता दिने अभियानमा छ ।
यसै सन्दर्भमा यही मिति २०७९ असोज ३१ गते नेकपा एमले जिल्ला कमिटी दोलखाको बैठक अध्यक्ष क. नरबहादुर श्रेष्ठको अध्यक्षतामा बैठक बसी तपसिल अनुसारका निर्णयहरु गरेको ब्यहोरा जानकारी गराइन्छ ।
तपसिल १. आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश निर्वाचनको सन्दर्भमा दोलखा जिल्लामा पार्टी कामलाइ सुव्यवस्थित गरी सञ्चालन गर्न निर्वाचन परिचालन हाइकमाण्ड गठन गरिएको छ ।
निर्वाचन कार्यसम्बन्धी सम्पूर्ण कार्यअधिकारसहित गठन गरिएको उक्त कमिटी निम्न अनुसार रहेको छ । १. क. आनन्द पोखरेल २. क. पार्वत गुरुङ ३. क. सरस्वती वस्नेत ४. क. नर ब। श्रेष्ठ ५. क. बालकृष्ण शिवाकोटी ६. क. भरत के।सी उक्त निर्वाचनसम्बन्धी समग्र कार्यको नेतृत्व गर्ने र प्रदेश ख मा क. आनन्दप्रसाद पोखरेल र प्रदेश क मा क. पार्वत गुरुङ विशेष कमाण्डरको रुपमा रहनुहुनेछ ।
साथै, हाइकमाण्डको सचिवलायको सचिवमा क. हीरा कुमार थोकर रहनुहुनेछ । यसैगरी निर्बाचनलाई केन्द्रित गरी जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी जिल्ला कमिटीको अध्यक्ष क. नर बहादुर श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरियो ।
प्रदेशसभा निर्वाचन परिचालनका लागि प्रदेश १ को संयोजक क. इश्वरचन्द्र पोखरेल र दोलखा प्रदेश ख को संयोजक क. डबल पाण्डेलाइ तोकिएको छ । दोलखा जिल्लामा रहेका पार्टी कमिटी, जनसंगठन, सामाजिक संघ संस्था, वितीय तथा सहकारी संस्थाहरु सञ्चालन र परिचालन गर्न निम्न कमरेडहरुलाइ जिम्मेवारी दिइएको छ।
क. पार्टी कमिटी परिचालनः संयोजक सरस्वती बस्नेत ख. जनसंगठन परिचालनः संयोजक रचना खड्का, सहसंयोजक उर्मीला थामी ग. सामाजिक, सांस्कृतिक परिचालनः संयोजक शान्ति पाख्रीन घ. वित्तीय तथा सहकारी संस्था परिचालनः संयोजक हेमन्त चौलागाइ यसैगरी निर्वाचन प्रचार प्रसार गर्नको लागि क. राजेन्द्र मानन्धरको संयोजकत्वमा ५५१ सदस्यीय प्रचार प्रसार कमिटी गठन गरिएको छ । उक्त कमिटी अन्तर्गत प्रदेशस्तरीय नर्वाचन प्रचारप्रसार समितिमा प्रदेश क तर्फ ऋषिकेष उप्रेती र प्रदेश ख तर्फ कुमार खड्का रहने र उक्त कमिटीको संख्या १५१ जनाको रहनेछ ।
२.पालिका स्तरीय निर्वाचन कमाण्डरहरुः क. गौरीशंकर गाउँपालिका संयोजकः क. स्वयमबहादुर खड्का ख. वैतेश्वर गाउँपालिका संयोजकः क. हर्कमान पाख्रीन ग. जिरी नगरपालिका संयोजकः क. टंक जिरेल घ. तामाकोशी गाउँपालिका संयोजकः क. बसन्तराज कार्की ङ. मेलुङ गाउँपालिका संयोजकः क. धर्मेन्द्र मोक्तान च. भीमेश्वर भीमेश्वर नगरपालिका संयोजकः क. राजेन्द्र मानन्धर छ. कालिञ्चोक गाउँपालिका संयोजकः क. कालिका पाठक ज. शैलुङ गाउँपालिका संयोजकः क भरत प्रसाद दुलाल झ. विगु गाउँपालिका संयोजक क. कृष्ण भूजेल ३. पार्टीको विशेष सूचना प्रणाली व्यवस्थापन गर्न संयोजक क. होम पाठक संयोजक रहेको समिति गठन गरियो । ४. निर्वाचन कानूनी परामर्श र व्यवस्थापन समिति संयोजकः कृष्ण वस्नेत ५. निर्वाचन कार्यालय व्यवस्थापन र जिम्मेवारी सम्बन्धमाः १. सिंगटी क. कुमार खड्का २. भीनपा क. नवीन लामा ३. बाघखोर क.धन बहादुर तामाङ ४. सितली क. शिवहरी थापा ५. मैनापोखरी क. ऋषिकेश उप्रेती ६. जिरी क. गोपाल जिरेल ६. जिल्लास्तरीय
पत्रकार डेस्कको सम्पर्क कार्यालय चरिकोट स्थित रेडियो हिमालीको कार्यालय छेउमा रहनेछ । उक्त डेस्क क. शरद सापकोटाको संयोजकत्वमा रहनेछ । ७. उपत्यकास्तरीय प्रचार डेस्कको सम्पर्क कार्यालय गौशालामा रहनेछ । उक्त कार्यालयको संयोजक क. सुरोजंग पाण्डेलाइ तोकिएको छ । ८. नेकपा एमालेको विधान वमोजिम र रिक्त रहेका स्थानहरुमा नेकपा एमाले दोलखा जिल्ला कमिटी सदस्यमा निम्न कमरेडहरुलाई मनोयन गरिएको छ ।
क. शिवहरी थापा मेलुङ क. छविलाल मोक्तान वैतेश्वर क. बद्री वुढाथोकी गौरीशंकर क. निराजन आचार्य मेलुङ क. सूर्य वस्नेत जिरी क. मेनुका सुवेदी भूगोल भीमेश्वर क. केशव कार्की जिरी क. ज्ञान बहादुर जिरेल गौरीशंकर क. डम्बर आचार्य कालिञ्चोक ९. मेलुङ इन्चार्ज सम्बन्धमाः मेलुङ गाउँपालिका इन्चार्जमा क. शिवहरी थापालाई जिम्मेवारी दिने निर्णय गरियो ।




