• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जिलू एमालेले गर्यो ५६ जना ज्येष्ठ नागरिकलाई सम्मान


  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
  • चरिकोट । नेकपा एमाले वडा कमिटी भीमेश्वर ४ जिलूले वडाभरीका ५६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ८० वर्ष उमेर पार गरेका नागरिकलाई कदर गर्दै सम्मान गरिएको हो । ज्येष्ठ नागरिकले विगतमा आफ्नो उर्जाशील समय खर्चेर समाज र देशका लागि गरेको योगदान सम्झेर उहाँहरुलाई सम्मान गरिएको कमिटीका अध्यक्ष गोविन्दराज सापकोटाले बताउनुभयो । आगामी दिनमा बाबुआमाको राम्रो संरक्षण गर्ने छोराछोरीलाई पनि सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।

    Advertisement

    जिलूको देउराली पाण्डव पार्कमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य एवं दोलखा इन्चार्ज इश्वरचन्द्र पोखरेलले नेपाली समाजमा बाबुआमालाई गरिने सम्मान कम हुँदै गएकाले संस्कार र संस्कृति जोगाउनु पर्ने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि दोलखा प्रदेश सभा २ का सांसद भरत केसीले एमालेको सरकारले विगत र वर्तमानमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको र भविष्यमा पनि नयाँ योजनाहरु ल्याउने बताउनुभयो ।

    कार्यक्रमका विशेष अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य डबल पाण्डेले बृद्द अवस्था सबै मानवले खेप्नुपर्ने उमेर भएकाले यसबेला संरक्षण, माया र सद्भाव दिन नयाँ पुस्तालाई सिकाउँदै लैजानुपर्ने बताउनुभयो । सम्मान कार्यक्रममा वडाभरका करिब ५ सय वडाबासीको उपस्थिति रहेको थियो ।

    सम्मानकै अवसर पारेर वडा कमिटीले ६ वटा जनवर्गीय संगठनहरुको घोषणा गरेको थियो । युवासंघ, अनेमसंघ, किसान महासंघ, उत्पीडित जातीय मुक्ति समाज , भूतपूर्व सैनिक प्रहरी मन्च र भूमि अधिकार मन्चको घोषणा एमाले नेता हरिवंश चौलागाईले गर्नुभएको थियो ।

    कार्यक्रममा सबैलाई स्वागत गर्दै पार्टीका वडा इन्चार्ज रामप्रसाद सापकोटाले ज्येष्ठजन समाजका साझा सम्पत्ति भएकाले सबैले सम्मानपूर्वक ब्यवहार गर्न आग्रह गर्नुभयो ।

    सम्मान पश्चात गरिएको बनभोजमा विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । वडामा सक्रिय रहेका महिला समूहहरुलाई पार्टीका तर्फबाट आर्थिक सहयोग पनि गरिएको थियो । सम्मान कार्यक्रमलाई सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका चन्दादाताहरुलाई पनि वडा कमिटीले विशेष धन्यवादसहित प्रशंसापत्र प्रदान गरेको थियो ।

    आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer