• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल – २०८० साल जेष्ठ महिनाको तपाईको यस्तो छ भाग्यफल !


  •   सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
  • मासिक राशिफल – जेष्ठ २०८०
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    स्वास्थ्यमा सामान्य समस्या देखिए पनि कामको नतिजाले उत्साह जगाउनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नेछ। विद्यार्थीहरूको अभिव्यक्ति कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर मान–सम्मान प्राप्त गर्न सकिनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। आर्थिक लेनदेनले भने वादविवाद निम्त्याउन सक्छ। खराब चरित्रका व्यक्तिहरूसँगको संगतले घरमा अशान्ति, आफन्तमा मतभेद, आलोचना र अर्थहानि जस्ता समस्या पनि देखा पर्नेछन्। यस महिनाको ग्रहयोगले स्वास्थ्यमा पेट, आँखा र दाँत सम्बन्धी समस्या आउने सम्भावना छ। गर्मीले निम्त्याउने मौसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।

    Advertisement

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    स्वास्थ्यमा केही समस्या देखिए पनि यो महिनामा महत्त्वाकांक्षी काम शुभारम्भ गर्न सकिनेछ। तर घरदेखि समाजसम्मै अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। अरूलाई बदल्न कडा रूपमा प्रस्तुत हुनुपरे पनि बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला। परिस्थितिले उब्जाएको समस्या नियन्त्रणमा आउनेछ। पहिलेका आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक तथा सहयोगी बन्नेछन्। आत्मविश्वास र दृढसंकल्पले लक्ष्यमा पुर्याउनेछ। पेसा–व्यवसायमा राम्रो फाइदा हुनेछ। समाजका अगुवासँग सहकार्य गर्दै सामाजिक कामको नेतृत्व लिने समय छ। विद्यार्थीहरूको लेखन र अभिव्यक्तिकलामा निखारता आउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    महिनाको सुरुमा नसोचेको व्यवधान आइपर्ने, काम रोकिने र खर्च बढ्ने सम्भावना छ। बोलीको उल्टो अर्थ लाग्नाले वादविवादमा परिनेछ। अन्योल र कामको बोझले मन पनि बोझिलो हुनेछ। व्यापार खस्किनाले ©आयस्रोत कमजोर बन्न सक्छ। अगुवा, नेता र ठूलो आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। जोशभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला, बिस्तारै समस्या सुल्झनेछन्। तत्काल लाभ नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। रोकिएका काम महिनाको उत्तरार्ध लागेपछि सम्पादन हुनेछन्। अड्किएको रकम पनि पछिल्ला दिनमा प्राप्त हुनेछ। विद्यार्थीकारूको अध्ययन र लेखनमा सुधार आउनेछ। अरूको विचारमा सहमत बन्न नसके पनि वादविवादबाट टाढै बस्नुहोला।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    केही स्वास्थ्य–समस्या देखिए पनि महिना उत्साहवर्धक रहनेछ। रोकिएका काम बन्नाले आकस्मिक लाभ हुनेछ। खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। लगानी थप्नुपरे पनि व्यापारमा फाइदा हुनेछ। काम बढे पनि नोकरी तथा पेसा–व्यवसायमा विशेष लाभ हुने समय छ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। सानो प्रयासले दिगो आयस्रोत जुटाउन सकिनेछ। आवश्यक उपकरण, सवारीलगायत विभिन्न भौतिक साधन जुटाउने समय छ। गरेका कामको धेरैले प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। कृषि तथा पशुपालनबाट पनि मनग्य लाभ मिल्नेछ। उत्तरार्धमा मनोरञ्जन तथा भोगविलासमा खर्च हुने देखिन्छ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    केही आकस्मिक खर्च बढे पनि यो महिनामा विशेष स्रोत–साधन जुट्नेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। अध्ययनको लगनशीलताले उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। व्यवसायमा थप लगानी बढाउने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। देशविदेशको यात्रा पनि हुन सक्छ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    यस महिनामा राजनीतिक र सामाजिक प्रभाव कमजोर बन्नेछ। रोकिएका घरेलु कामकाज गर्दैमा समय बित्नेछ। अत्यधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अध्ययनतर्फ मूल विषयमा प्रवेशै नगरी विद्यार्थीहरूको समेत समय बित्न सक्छ। तापनि केही अधुरा काम सम्पादन हुनेछन्। अड्किएको रकम पनि हातलागी हुनेछ। तर अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। काममा अरूको भरपर्दा आफ्नो गोपनीयता बाहिरिन सक्छ। नयाँ योजना अघि बढाउन नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सफल भइनेछ। महिनाको उत्तरार्धमा आयस्रोत सबल बन्नाले धेरै समस्या समाधान हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने कर्मयोगले पनि उचाइको बाटो समाउनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    स्वास्थ्य र आम्दानीका दृष्टिले यो महिना कमजोर रहनेछ। स्वास्थ्यकै कारण कर्मयोगमा जुट्न समस्या पर्नेछ। केही काममा वैधानिक हस्तक्षेप समेत हुन सक्छ। भ्रष्ट व्यक्तिहरूले दुःख दिनेछन्। उधारोमा व्यापार गर्नुपर्ने परिस्थिति रहनेछ। आयमूलक काम रोकिनाले आर्थिक मन्दी आउने सम्भवना छ। तर राजनीतिक प्रभाव कमजोर देखिए पनि सामाजिक समर्थन प्राप्त हुनाले काममा जोश–जाँगर बढ्नेछ। तत्काल लाभ उठाउन नसकिए पनि पछिका लागि केही गर्ने समय छ। प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ काम थालनी हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    यो महिनामा सामाजिक प्रभाव कमजोर बन्नेछ। बोली–व्यवहारले अरूको मन जित्न नसक्दा साथीभाइ र शुभचिन्तकहरू असन्तुष्ट बन्नेछन्। आलस्य गर्ने प्रवृत्तिले काम ठप्प हुने र आर्थिक क्रियाकलापमा मन्दी आउने सम्भावना छ। सहयोगी र साझेदार पनि टाढिन सक्छन्। घर–परिवारमा असमझदारी बढ्न सक्छ। परिस्थिति अनुकूल नहुनाले निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। दोहोर्याएर गरेको काम भने सम्पादन हुनेछ। व्यापार सामान्य रूपमा चल्नेछ। विद्यार्थीहरूमा अध्ययन गर्ने प्रवृत्ति कमजोर बन्नेछ। पेसा–व्यवसायमा नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि र साख जोगाउने प्रयत्न गर्नुहोला। महिनाको उत्तरार्धमा स्थिति अनुकूल बन्नाले विशेष लाभ हुनेछ र आर्थिक स्थितिमा पनि सुधार आउनेछ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    चिताएको काम बन्नाले महिना उत्साहवर्धक रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। प्रतिस्पर्धाको दौडमा सजिलै अग्रस्थान हासिल हुने समय छ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न गर्दा नयाँ अवसर पनि प्राप्त हुनेछन्। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। व्यापार बढ्नाले आर्थिक स्थितिमा सुधार आउनेछ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने सम्भावना छ। चोटपटक र मौसमी समस्याले स्वास्थ्य भने समय–समयमा कमजोर रहन सक्छ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    यो महिनामा सानो प्रयासले ठूलो अवसर दिलाउनेछ। तर, स्रोत–साधन जुटाउन समय लाग्नेछ। केही दौडधुप गर्नुपरे पनि सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। धेरै आर्जन गर्न नसकिए पनि दिगो काम थालनी हुनेछ। निर्वाहमूलक पेसा–व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुपालनमा विशेष फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। प्रयत्न गर्दा घरमै बसेर राम्रो आम्दानी हातपार्न सकिनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। लेखन कलामा पनि सुधार ल्याउने प्रयत्न गर्नुहोला, क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान दिनुहोला। पतिपत्नीमा असमझदारी बढ्न सक्छ, सजग रहनुहोला।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    यो महिनामा केही घरेलु समस्या देखापर्न सक्छन्। परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्तीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्रोत सबल देखिए पनि फाइदा लिन पनि धेरैपटक प्रयत्न गर्नुपर्ला। समयमा सजग नबन्दा नियमित सहयोगीहरू समेत अलमलिन सक्छन्। विद्यार्थीहरूको ध्यान केन्द्रित नहुनाले अध्ययन कमजोर बन्नेछ। अरूको उक्साहटमा लाग्नाले निकटजनसँग दूरी बढ्नेछ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। घरेलु समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ। कृषि र पशुपालनतर्फ लाभ हुनेछ। खर्च बढ्ने र व्यापारमा मन्दी आउने देखिएकाले समयमै सन्तुलित व्यवस्थापन गर्नुहोला।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रतिष्ठित काम शुभारम्भ हुनेछ। तारिफयोग्य काम गर्दै सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरीमा प्रवेश, पदोन्नति वा सुगम स्थानान्तरण हुन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूलाई पनि उछिन्न सकिनेछ। व्यापार बढ्नाले आर्थिक पक्ष सबल बन्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। विद्यार्थीहरूको अध्ययनमा राम्रो प्रगति हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

    सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer