काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज तीनवटा प्रदेशमा वर्षा र दुई प्रदेशमा हावाहुरी आउने पूर्वानुमान गरेको छ ।
विभागका अनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको छ । अन्य प्रदेशका पहाडी भूभागमा पनि सोही प्रकृतिको वर्षाको सम्भावना छ । यस्तै, कोशी र मधेश प्रदेशका तराईमा हावाहुरीको समेत सम्भावना देखिएको छ ।
मेघ गर्जन, चट्याङ तथा हावाहुरीबाट हुन सक्ने जनधनको क्षतिबाट बच्न आवश्यक सतर्कताका लागि विभागले आग्रह गरेको छ ।
हिजो राति कोशी, मधेश र वागमती प्रदेशलगायत देशभरको पहाडी इलाकामा आंशिक बदली रही बाँकी भेगको मौसम सफा थियो । मधेश, वागमतीर गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो ।
आउ दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ । कोशी, वागमती र गण्डकीलगायत प्रदेशका पहाडी भेगमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
आज राति कोशी, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।





