• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ २६, २०८३
☰
शुक्रबार, भदौ २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

आज मंगलचौथी, मंगलचौथीमा ब्रत बस्दा मनले चिताएको पुरा हुने बिश्वास


  •   मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
  • आज २०८० साल जेठ ९ गते  मंगलवार, आज मंगलचौथी परेको छ । यस दिन गणेशको व्रत बस्दा धनदेखि मनले चिताएको सम्पूर्ण पूरा हुने विश्वास गरिन्छ । मंगलबार मंगल ग्रहले प्रतिनिधित्व गर्ने बार हो । त्यस्तै चतुर्थी तिथि भगवान गणेशजीको उत्त्पति भएको तिथिको रुपमा लिइन्छ । गणेशजी जन्मिएको दिन मंगलबार र चतुर्थी तिथिको संयोग परेकाले त्यस दिनलाई मंगल चौथी भनिएको हो । यसलाई ‘मङ्गल चतुर्थी’ र ‘अङ्गारक चतुर्थी’ पनि भन्ने गरिन्छ ।

    Advertisement

    यस्तो संयोगलाई गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अत्यन्त महत्त्वपूर्ण तिथिका रूपमा लिइएको छ । मंगल चौथीको दिन गणेश भगवानको स्मरण गर्दै व्रत बस्ने वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुको परम्परा छ ।

    यस दिन व्रत बसे सम्पूर्ण अनिष्टबाट बच्न सकिने, सन्तान प्राप्ति, विद्या, बुद्धि, काम शिद्ध हुने, मांगालिक योगको प्रभाव नहुने र मानसम्मान मिल्ने धनप्राप्ति गराउने गणेश पूराणमा उल्लेख छ । उनलाई बिघ्नहर्ताको रुपमा पनि लिइन्छ । त्यसैले कुनै पनि कार्यमा बाधा आइरहेको छ भने पनि उनको स्मरण गर्दै पूजाआराधाना र व्रत बस्दा समाधान हुने विश्वास रहिआएको छ ।

    मंगलबार भगवानको व्रत बस्न इच्छुक व्रतालुले यस दिनबाट प्रारम्भ गरेमा शुभ हुने बताइएको छ । त्यति मात्र होइन, कुनै पनि शुभ कार्य यसै दिनबाट सुरु गर्दा फलदायी हुने विश्वास गरिन्छ ।

    व्रत बस्ने विधि

    त्यस दिनबाट व्रत सुरु गर्ने हो भने सोमबारबाट नै सात्विक भोजन गर्नुपर्छ । त्यसपछि मंगलबार मंगल चौथीको दिन बिहान नित्यकर्म गरेर चोखो वस्त्र लगाएर पूजा सामग्री तयार गर्नुपर्छ । सामग्रीमा धान, चामल, रातो अक्षता, सौभाग्य, जौ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, सिन्दूर, शृङ्गार, नरिवल, फलफूल, पकवान, धूप, बत्ती, कपुर, रातो फूल, माला, लड्डु, दुबो आदि तयार गर्न सकिन्छ ।

    त्यससँगै शुद्ध मनले एकाग्र भई पूर्व, उत्तर वा पश्चिम फर्किएर शुद्ध आसनमा बसेर दीप प्रज्वलन गर्ने र दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रव्यसहित लिएर स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नामसहित परिवार तथा बन्धुबान्धवहरुको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनुपर्छ ।

    सकिन्छ भने धूप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवीदेवताको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्च पल्लव, सर्वोषधि आदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिंगो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नुपर्छ ।

    पूजापछि अर्घ्य स्थापना गरेर विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहनसहित ‘ॐ गणपतये नमः’ भन्दै पूजा गर्नुपर्छ । यसरी दिनभर गणेश भगवानको आराधना गरी बेलुकी आरती गरेर व्रत सिद्ध गर्न सकिन्छ ।

    मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer