आजको राशिफल । २०८० साल जेठ ११ गते, बिहीवार । ज्येष्ठ शुक्लपक्ष षष्ठी तिथि । तिष्य नक्षत्र, १६ः५७ बजेपछि अश्लेषा । चन्द्रराशि– कर्कट
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बलजफ्ती गर्दा परिस्थिति बिग्रन सक्छ । शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउनेछ । स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउलान् । पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ । मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ । सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ । कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ । पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । व्यवसायमा मनग्य धनलाभ हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर-छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । फजुल खर्च बढ्नेछ। रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही रकम हातलागी भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्ना सामानमा अरूले दाबी गर्लान् । अवसरवादीहरूबाट सजग रहनुहोला । तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पछिका लागि गरिएको लगानीले पनि फाइदै दिनेछ । तर आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले जिम्मेवारी दिलाउनेछ । राम्रो कर्मफलले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर दाम र प्रतिष्ठा कमाउने बेला छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला । काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । समयमै गम्भीर नबन्दा समस्यामा परिएला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ । लेनदेनले वादविवाद निम्त्याउन सक्छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ । अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल योजना पूरा नहुन सक्छ । पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । केही अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल योजना पूरा नहुन सक्छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ ।





