• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मानिसको मस्तिष्कमा चिप जडान गर्दै मस्क, सरकारद्वारा स्वीकृति


  •   शनिबार, जेठ १३, २०८० मा प्रकाशित
  • काठमाडौं । ट्वीटर, टेस्ला, स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्कको अर्को कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप जडान गर्ने भएको छ ।

    Advertisement

    मानिसमा यस्तो परीक्षण गर्नका लागि न्युरालिंकले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति प्राप्त भएको हो । यो सँगै अब न्युरालिंकले मानिसको दिमागमा चिप लगाएर मानव परीक्षण गर्न सक्नेछ । यसअघि न्युरालिंकले बाँदरको मष्तिष्कमा चिप जडानको सफल परीक्षण गरेको थियो ।

    न्युरालिंकले यस्तो स्वीकृतिका विषयमा ट्वीट पनि गरेको छ । उसका अनुसार एफडीएको अनुमति यस्तो महत्वपूर्ण कदम हो जसले भविष्यमा कम्पनीको सो प्रविधिबाट धेरै मानिसलाई सहयोग गर्ने मार्ग प्रसस्त गर्नेछ । यद्यपि न्युरालिंकले आफ्नो आगामी योजनाका बारेमा भने केही पनि उल्लेख गरेको छैन ।

    न्युरालिंकको यो मष्तिष्क प्रत्यारोपण प्रविधि विभिन्न अर्थमा निकै उपयोगी सावित हुनेवाला छ । मष्तिष्कमा चिप लगाएर विभिन्न बिरामीहरुलाई ठूलो सहयोग गर्न सकिन्छ । यदि यो ट्रायल सफल भएमा बोल्न नसक्ने तथा दिमागी रुपले असक्षम मानिसहरुका अलवा पक्षघात भएका विरामीहरुका लागि समेत बरदान सावित हुनेछ ।

    एलन मस्कलाई आफ्नो यो प्रविधिप्रति यतिधेरै भरोसा छ कि गतवर्ष उनले आफ्नो बच्चाको मस्तिष्कमा समेत यहीँ चिप लगाउन तयार भएको बताएका थिए ।

    सन् २०१९ मै मस्कले सन् २०२२ सम्ममा न्युरालिंकलाई एफडिएबाट मानव ट्रायलका लागि स्वीकृति प्राप्त हुने दाबी गरेका थिए । तथापि एफडीएले भने न्युरालिंकको आवेदनलाई धेरैपटक अस्वीकार गरेको थियो ।

    मानिसको दिमागमा जडान गर्ने भनेको चिपमा रहेको लिथियम ब्याट्रीप्रति एफडिएको सबैभन्दा ठूलो आपत्ति थियो । यदि कुनै कारणले चिपमा रहेको उक्त ब्याट्रीको रसायन मस्तिष्कमा चुहियो भने त्यसको परिणाम भयानक हुनसक्छ । न्युरालिंकको चिपमाथि सबैभन्दा ठूलो चुनौती मष्तिष्क कोशिकासँग रहेको छ ।

    न्युरालिंकले यसअघि बाँदरको मष्तिष्कमा चिप प्रत्यारोपण गरेर परीक्षण गरिसकेको छ । न्युरालिंकले त्यसरी प्रत्यारोपित बाँदरको भिडियो पनि सार्वजनिक गरेको थियो जसमा चिप जडान भएको बाँदरले कम्प्युटर गेम खेलेको देखाइएको थियो ।

    न्युरालिंकको यो परीक्षणका सम्बन्धमा बाँदरलाई क्षति पुगे नपुगेको सम्बन्धमा अनुसन्धान पनि चलिरहेको छ । साथै चिपलाई मष्तिष्कमा सही ढंगले प्रत्यारोपण गरे नगरेको विषयमा पनि जाँच भैरहेको छ ।

    शनिबार, जेठ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer