• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
मङ्गलबार, बैशाख २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८० साल जेठ १४ गते आइतवार: यस्तो छ तपाईको भाग्यफल !


  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
  • आजको राशिफल २०८० साल जेठ १४ गते, आइतवार । ज्येष्ठ शुक्लपक्ष अष्टमी तिथि, ७ः३८ बजेपछि नवमी । पूर्वफाल्गुनी नक्षत्र । चन्द्रराशि-सिंह ।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सेवामूलक काम बीचैमा रोकिन सक्छ । अध्ययनमा बाधा पुग्नेछ । परिस्थितिले काममा अलमल्याए पनि मिहिनेत गर्दा फाइदाको स्रोत पहिल्याउन सफल भइनेछ । दाेहाेर्याएर प्रयत्न गरेका काम सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।

    Advertisement

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    फाइदाकाे पछि लाग्दा नाम बिग्रन सक्छ । तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ- सहयाेग प्राप्त हुनेछ । व्यापारमा अवश्यै लाभ हुनेछ । चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला । बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ । व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    दिन रमाइलो रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको करकापमा काम थालनी भए पनि फाइदै हुनेछ । टाढाका साथीभाइले साथ दिनेछन् । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ । केही खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । तर आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन् ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । मिहिनेतको फल प्राप्त हुनेछ । नोकरी तथा पेसा–व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । तापनि, आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि नयाँ कामको जग बसाउने मौका छ । सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि-विवेकले काम सम्पादन गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    स्वास्थ्यका लागि आहार-विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि बल र बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ । धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । शुभचिन्तकहरूको साथ-सहयाेग प्राप्त हुनेछ ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । शुभचिन्तकहरूले साथ-सहयोग प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ । यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य-चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ ।

    आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer