• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

हर्क, बालेन र गोपीले जोगाइदिएको गणतन्त्रको लाज


  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
  • हाम्रो गणतन्त्र/लोकतन्त्र, कर्णालीको किनारामा हमालले जोगाईदिएका छन् । बागमतीको किनारमा वालेनले जोगाइदिएका छन् । कोशीको तीरमा हर्कले जोगाइदिएका छन् ।

    Advertisement

    खै के भनाैं सबै जना लोकतन्त्रको बिजुली झलमल्ल बल्यो भन्छन्, म त धरान काठमाडौं र धनगढीमा टिलपिल-टिलपिल टुकी बलेको देख्छु, टिलपिल-टिलपिल टुकी बलेको देख्छु । अन्तत: ज्यानमाराहरुकै आँगनमा लोकतन्त्र फलेफूलेको देख्छु, लोकतन्त्र फलेफूलेको देख्छु ।

    हराएको एक थान लोकतन्त्र, पूर्वमा धरानमा भेटिएको छ, मध्यमा काठमाडौंमा भेटिएको छ, सुदूरमा धनगढीमा भेटिएको छ । अन्त त खै के भनाैं, कि भाइ छन्, कि ज्वाइ छन्, कि छोरी छन् कि साली छन् कि छोरा छन् कि कमारा छन् ।

    घर भित्रै साँचो ठोकिएर होला लोकतन्त्र, दैलासम्म झर्न भ्याएको छैन । आफ्नै आफ्नाले राखेर होला लोकतन्त्र, जनताको मझेरीमा चर्न पाएको छैन, जनताको मझेरीमा चर्न पाएको छैन ।

    पूर्वमा हर्कसँग वलीको लोकतन्त्र डराएको छ, बीचमा बालेनसँग प्रचण्डको गणतन्त्र अत्तालिएको को छ सुदूरमा गोपीसँग देउवाको प्रजातन्त्र झस्किएको छ । हर्क बालेन र गोपीको मधुरो टुकीले धानिदिएको लोकतन्त्र झ्याप्प कसैले निभाईदिन्छ कि भन्ने पीर लागिरहन्छ जब हरेक साल ज्येष्ठ १५ आउछ, जब हरेक साल ज्येष्ठ १५ आउँछ ।

    खै कति खर्ब हो खर्च भएछ कुन्नि, लोकतन्त्रमा नेता चुन्दा, चुनावमा सेवक चुन्दा, पूर्वमा धेरै बोल्ने धेरै नै गर्ने हर्क हातमा ठेला लिएर उठेका छन्, यता कम बोल्ने धेरै गर्ने, कालो कोटमा वालेन जुटेका छन् ।

    चट्ट ढाका टोपीमा, बोल्दै नबाेल्ले सुदूरमा गोपी जुटेका छन् । खै अरुको त थाहा छैन काम गर्नु नपर्नै भएर नै होला, बाजेको बिर्ता मानेर होला, बाँकी त सब सुतेका छन् ।

    सन्कि त यी तीनै जना उस्तै छन नि! पूर्वमा साङ्पाङ, कोशी होस कि कोकाहा होस् खोलाका किनार-किनार धाएकै छन् । आफ्नो सिमाना खोज्न भ्याएकै छन् । साँढे जस्ता सारथीलाई तह लाएकै छन् । परबाट हामीले हेर्दा साँझमा चुस्स लाएकै छन्, फेसबुकबाट नै किन नहोस् बैरिको सातो खाएकै छन् ।

    यता बीचमा बालेन तीन थान हजुरवालाई थर्काएकै छन्, पुलिस चौकी भत्काउन भ्याएकै छन्, सुकुम्वासीमा डोजर चलाएकै छन, अदालतलाई जवाफ लाएकै छन्, यति मात्रै कहाँ हो र निर्वाचन आयोगको साताे खाएकै छन्, न्युरोडमा चट्ट टायल लायकै छन् ।

    उता सुदूरमा हमाल, आफ्नै घरमा डोजर लाएकै छन् । आफैले शव-वाहन दिएकै छन्, सन्तोषी होस कि फूलवारी होस टोल-टोलमा धाएका छन् । समस्या सबका बुझेकै छन्, अथाहा माया पाएकै छन् ।

    पूर्वमा हर्क फेसवुकमा लाईभ आएकै छन्, यता बालेन एलओडी छिर्न भ्याएकै छन्, बाहिर फ्याट्ट नगाए पनि । उता सुदूरमा, मनकारी झिल्के हमाल मुसु-मुसु हाँस्दै मनमनै देउडा गाएकै छन्र मनमनै देउडा गाएकै छन् ।

    अब चुनावमा हर्क गोपी र बालेनले पुन: भोट माग्नु पर्दैन, म उठेको छु भनिदिए पुग्छ, बाँकी त सबले लुटेकै छन् । आउने चुनावको तयारीमा आजैदेखि भोट माग्न जुटेकै छन्, भोट माग्न जुटेकै छन् ।

    रमाइलो त गर्छन् नि उनीहरु पनि, रमाईलोमा पनि जनताकै गीत गाएकै छन् । जनतासँगै प्रित लाएकै छन्। जनताकै दुख बोलेका छन् । अथाहा देश प्रेम खोलेकै छन् ।

    जनताको सेवामा लाग्दा, गोपीलाई न गर्मीले पोलेको छ, न बालेनले धेरै बाेलेको छ, ठेलाले भत्-भत्ती पोलेर होला, हर्कले धेरै बोलेको छ, जुत्ता र मोजा खोलेर नै किन नहोस्, थानका-थान पाइप जोरेकै छ । थानका-थान पाइप घिसारेकै छ ।

    भीरको बाटो हर्कलाई रे, पीरको भारी गोपीलाई रे, केन्द्रमै भएर होला पापीका तिर(निशाना) बालेनलाई रे, बाँकी त सब आफ्नै भएर होला, जनताको पीर चाट्दै छन रे, जनताको पसिना बाँड्दै छन् रे ।

    अब, पूर्वमा हर्क तिमीले पोखरी खन्नु पर्नेछ, किसानलाई जोर्नु पर्ने छ, अलिक बढी नै फटाहा छन पूर्वमा । खोजी-खोजी तिनको टाउको फोर्नु पर्ने छ ।

    यता बालेन तिमीले फोहोर र फोहारीलाई सिसडोलमा झार्नु पर्ने छ, बाग्मती र विष्णुमतीको तीर सफा गर्नु पर्ने छ, पशुपती र स्वयंम्भुको शीर उचो पार्नु पर्ने छ, समी र पीपल सार्नु पर्ने छ, तिर्खाएका हिटीमा पानी झार्नु पर्ने छ ।

    उता सुदूरमा गोपी तिमीले दक्षिणको बोर्डर टाल्नु पर्नेछ, साल र सिमल सार्नु पर्ने छ, शिवगंगा नदी, सुकुटी नाला, कनरी खोलाका किनार बार्नु पर्ने छ, भाग्यले होचोमा नै पर्‍याै त गोपी के गर्नु ढललाई व्यबस्थित पार्नु परेकै छ, कुर्सिमा राजा हैन, सेवक बस्ने हो भन्ने सन्देश छर्नु पर्ने छ गोपी, हामी सेवक हौ भन्ने सन्देश छर्नु पर्ने नै छ ।

    आफ्नाहरु त लोकतन्त्रको चास्नीले लठ्ठ पारेर नै होला, तलव भत्ता लुटेकै छन्, घरवार जोड्न जुटेकै छन् । फरक यत्ति हो अब चुनावमा हर्क गोपी र बालेनले पुन: भोट माग्नु पर्दैन, म उठेको छु भनिदिए पुग्छ, बाँकी त सबले लुटेकै छन् । आउने चुनावको तयारीमा आजैदेखि भोट माग्न जुटेकै छन्, भोट माग्न जुटेकै छन् ।

    पूर्वमा हर्कसँग वलीको लोकतन्त्र डराएको छ, बीचमा बालेनसँग प्रचण्डको गणतन्त्र अत्तालिएको को छ सुदूरमा गोपीसँग देउवाको प्रजातन्त्र झस्किएकोछ । हर्क बालेन र गोपीको मधुरो टुकीले धानिदिएको लोकतन्त्र झ्याप्प कसैले निभाईदिन्छ कि भन्ने पीर लागिरहन्छ जब हरेक साल ज्येष्ठ १५ आउछ, जब हरेक साल ज्येष्ठ १५ आउँछ । (डिसी नेपाल)

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer