• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

किन निकालिदैन समुन्द्रबाट डुबेको २ करोड टन बढीको सुन


  •   बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
  • पृथ्वीका समुद्रहरुको गहिराइमा केवल रहस्यमयी जीवजन्तु वा मुगा मात्रै छैनन्,त्यहाँ सुन पनि डुबेको छ । अमेरिकी सरकारी विभाग राष्ट्रिय सामुद्रिक सेवाका अनुसार समुद्रको पिँधमा थोरै होइन २ करोडभन्दा पनि बढी सुन त्यत्तिकै बसिरहेको छ । यसको मूल्य ८ सय ट्रिलियन डलरभन्दा धेरै पर्दछ । समुद्रमा रहेको सुन यतिधेरै छ कि यसबाट विश्वमा अमेरिका जस्ता कैयन् शक्तिशाली देश बनाउन सकिन्छ ।

    Advertisement

    वास्तवमा समुद्रको पानीमा करोडौं टन सुन र अन्य बहुमूल्य धातुहरू डुबेको अवस्थामा छ । त्यसका अलावा दुर्घटनाग्रस्त जहाजदेखि मानिसहरुले आस्थाका कारण फ्याँकेका सिक्का लगायतका वस्तुहरु समुद्रको पिँधमा जम्मा भैरहेका छन् ।

    कुन जहाजमा कति सुन थियो ?

    सन् १६४१ मा बेलायतको रोयल मर्चेन्ट नामक पानीजहाज खराब मौसमका कारण कर्नवाल नजिकैको समुद्रमा डुब्यो । सन् २०१९ मा सो जहाजको माथिल्लो हिस्सा त भेटियो तर सो जहाजको पिँधको हिस्सा कहिल्यै पनि फेला परेन । डुब्ने बेलामा उक्त जहाजमा एक लाख पाउण्ड सुन भएको बताइन्छ ।

    त्यस्तै पोर्चुगलको कार्गो जहाज दी ला मेरले झण्डै एक दशकसम्म उपनिवेशका मुलुकहरुबाट सुन तथा अन्य बहुमूल्य वस्तुहरु बटुलेर पोर्चुगल पुर्‍याउने काम गरेको थियो । १६औं शताब्दीको सुरुवातमा प्रशान्त महासागरमा एक दुर्घटनाको सिकार हुँदै यो जहाज समुद्रको गहिराइमा विलिन भयो । एक अनुमान अनुसार सो पानी जहाजमा त्यसबेला कार्गोको रुपमा २ अर्ब डलर मूल्यको सुन राखिएको थियो ।

    डुबेको सुनको मूल्य कति ?

    अमेरिकाको नेशनल ओसनिक एण्ड एटमसफेरिक एडमिनिस्ट्रेसनका अनुसार समुद्रमा कति परिमाणमा सुन वा अन्य बहुमुल्य सामान खसेको छ भनेर यकिन भन्न गाह्रो छ । तथापि समुद्रमा डुबेका ठूला जहाजहरुको आधारमा यसको गणना गर्ने गरिन्छ । के भन्ने गरिन्छ भने समुद्रमा आजसम्म डुबेको सबै सुनलाई निकालेर यदि बेच्ने हो भने अमेरिकाको जत्रो अर्थतन्त्र भएका कैयन् देश खडा गर्न सकिन्छ ।

    तर अनौठो कुरा त के भने समुद्रमा डुबेको सुन तथा अन्य बहुमूल्य वस्तुहरुमध्ये अधिकांश चाहिँ तत्कालीन शक्तिशाली मुलुकहरुले आफ्नो उपनिवेशमा रहेका मुलुकबाट लुटेका हुन् ।

    आखिर किन निकालि्दैन समुद्रमा डुबेको सुन ?

    यहाँनेर प्रश्न उठ्नु स्वभाविकै हो कि, जब यतिधेरै सुन समुद्रको पिँधमा यत्रतत्र पोखिएको छ र त्यो कुरा दुनियाँलाई थाहा पनि छ भने त्यसलाई किन निकालिंदैन त ?

    वास्तवमा समुद्रको पिँधबाट सुन निकाल्नुका विभिन्न व्यवहारिक कठिनाइहरु छन् ।

    पहिलो कुरा त समुद्रको कुन भागमा कति सुन जम्मा भएको छ भन्ने यकिन रुपमा कसैलाई थाहा छैन ।

    यदि त्यसरी सुन भएको ठाउँ पत्ता लागिहाल्यो भने पनि समुद्रको त्यतिधेरै गहिराइमा पुग्न सजिलो छैन ।अनि पुगिहालियो भने पनि एउटा ठूलो जटिलता अगाडि आउनेछ ।

    सुन समुद्रको पिँधमा बाहिरै छ भन्ने पनि हुँदैन, ठूलो चट्टानले थिचिएको अवस्थामा पनि हुनसक्छ । साथै सयौं वर्षदेखि रहेको सो सुनमा मुगा पनि बनिसकेको हुनसक्छ । यस्तोमा त्यो सुनलाई निकाल्नका लागि उत्खनन् गर्नुपर्ने हुन्छ । यी सबै प्रक्रियाका लागि कति समय लाग्दछ, त्यो थाहा छैन । त्यतिधेरै समयसम्म समुद्रमा हजारौं मिटरमुनि बस्न सम्भव हुँदैन । यदि मेसिनलाई उक्त काम सुम्पिने हो भने पनि अचानक आउने तूफान वा माछाले त्यसलाई बिगार्नेछन् ।

    सुन पत्ता लगाउने उपकरण

    समुद्रमा कुनकुन ठाउँमा सुन छ भन्ने कुरा पत्ता लगाउने कोसिस धेरैपटक भयो । समुद्रमा काम गर्ने विभिन्न संस्थाहरुले लगातार यस क्षेत्रमा काम गरिरहेका छन् । सबैभन्दा पहिले १९औं शताब्दीमा ब्रिटिस चर्चका पादरी तथा गणितिज्ञ फोर्ड जर्नेगनले एउटा उपकरण बनाए ।

    गोल्ड एक्युमुलेटर नामको उक्त टूलका बारेमा उनको दाबी थियो कि पारो तथा बिजुलीको सहयोगमा हामीले समुद्रमा लुकेको सुन खोज्न र बाहिर निकाल्न समेत सक्दछौं ।

    जर्गेननले एक कम्पनी पनि स्थापना गरे, जसको नाम थियो इलेक्ट्रोलाइड मरिन साल्ट्स । कम्पनीले जोडतोडसँग आफ्नो विज्ञापन पनि गर्‍यो । सो कम्पनीमा धेरै लगानीकर्ताहरुले पैसा खन्याए पनि । समुद्रमा सुनको कथित खोज तथा उत्खनन पनि चल्यो । तर लगानीकर्ताहरुको लगानी बालुवामा पानी भयो । समुद्रको पिंधमा सुन फेला पार्न सकिएन ।

    पेटेन्ट समेत भैसकेको छ

    सन् १९०० मा लण्डनस्थित एकजना लगानीकर्ता हेनरी क्ले ले समुद्रको पिँधबाट सुनको उत्खनन सम्बन्धमा प्रतिलिपि अधिकार दर्ता गरे । उक्त पेटेन्टको नाम मेथड अफ एक्स्ट्रेक्टिंग गोल्ड फ्रम सी वाटर राखिएकेा थियो । तर त्यो पेटेन्ट पनि बेकार सावित भयो ।

    समुद्रको गहिराईमा जाने कोसिस त निरन्तर भैरहेकै छ तर सुन फेला पार्नमा भने ठूलो सफलता मिल्न सकेको छैन । विज्ञहरुका अनुसार समुद्रको पिँधबाट सुन निकाल्न जतिधेरै खर्च हुन्छ त्यो पैसाभन्दा कम मूल्यमान त बजारमै सुन किन्न सकिन्छ ।

    समुद्रको पिँधबाट सुन निकाल्न सजिलो नहुनुको अर्को कारण पनि छ । पृथ्वीमा महासागर तथा समुद्रमा रहेको पानीको परिमाणको तुलनामा सुनको परिमाण नगन्य जस्तै हो । अर्थात् समुद्रको १० करोड टन पानीमा केवल १ ग्राममात्रै सुन छ । अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स नामक जर्नलमा यस्तो दाबी गरिएको हो । त्यसैले शक्तिशाली मुलुकहरुको प्रयासका बाबजुत पनि समुद्रबाट सुन निकाल्न सकिएको छैन । तथापि सुन खोज्ने कामचाहिं चलिनै रहेको छ ।

    बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer