आजको राशिफल २०८० साल जेठ १९ गते, शुक्रवार । ज्येष्ठ शुक्लपक्ष त्रयाेदशी तिथि, ११ः१२ बजेपछि चतुर्दशी । स्वाती नक्षत्र, प्रातः ५ः४० बजेपछि विशाखा । चन्द्रराशि– तुला ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । पहिलेकाे उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ । व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ । तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
ठूला व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सावधानीसाथ काममा उत्रनुपर्ला । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला । कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ । बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ । टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । तापनि मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । लाभांश खर्च भए पनि व्यापार बढ्नेछ । प्रतिस्पर्धीलाई व्यवहारले उछिन्न सकिनेछ । अप्ठ्यारो समयमा अग्रजहरूले साथ दिनेछन् ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ । आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला । मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर प्राप्त भए पनि परिस्थितिवश चिताएका काममा बाधा होला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ । शुभचिन्तकहरूको मनोभाव विचार गरेर मात्र अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम सम्पादन हुनेछन् । आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । आकस्मिक खर्च बढे पनि आवश्यक पर्दा सरसापटमार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ । लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति समेत आउन सक्छ । राम्रै आम्दानी भए पनि परिस्थितिले खर्च गराउनेछ । सामान्य काममा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । पछिका लागि गरिएको लगानी भने फाइदाकारक रहनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ जिम्मेवारी पाइनेछ । तर, उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । स्वार्थका लागि सम्बन्ध गाँस्नेहरूले धाेका दिनेछन् । समयमा लगनशील बन्न नसक्ता अलि पछि परिनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । संघर्षपूर्ण काम गर्नुपरे पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
श्रम परे पनि सानाे प्रयत्नले लक्ष्यमा पुर्याउनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । केही समय प्रतीक्षा गर्नुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ ।





