• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

निकै पोषिलो बिगौती दूध


  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
  • दिनहुँ गाईभैंसीको दूध पिउने व्यक्ति तगडा हुन्छन् ।’ यो भनाइ बुढापाकाको मुखबाट सबैले सुनेरै हुर्किएका हुन्छौं । बिहानको खाजामा र राति सुत्नुअघि एक गिलास दूध पिउने चलन हामीमध्ये धेरैको घरमा छ ।

    Advertisement

    पौष्टिक तत्वले भरपुर दूधले मस्तिष्क र हड्डीको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । गाई वा भैंसी ब्याएपछि १०-१२ दिनसम्म बाक्लो बिगौती दूध आउँछ । बिगौती दूधलाई निकै पोषिलो मानिन्छ । गाउँघरतिर यो दूध अहिले खोजीखोजी खाने चलन अझै छ ।

    के पाइन्छ बिगौतीमा ?

    बिगौती दूध गाढा र हल्का पहेंलो रंगको हुन्छ । यसमा प्रोबायोटिक्स, म्याग्नेसियम, क्याल्सियम, भिटामिन ए, डी, ई र के, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन, खनिज र एन्टिबडी भनिने विशेष प्रकारका प्रोटिन हुन्छन् । यी कोलोस्ट्रमहरू ब्याक्टेरिया र भाइरसजस्ता रोग निम्त्याउने एजेन्टसँग लड्छन् । यसमा एन्टिबडीको स्तर नियमित गाईको दूधमा हुने स्तरभन्दा १०० गुणा बढी हुन सक्छ । जुन शरीरलाई रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।

    तुलनात्मक रुपमा गाईको दूध अन्य जनावरको भन्दा बढी सुपाच्य भएको हुँदा यो मानिसको लागि अति नै लाभदायक मानिन्छ । त्यस्तै भैंसीको दूधमा अत्यधिक फ्याट, प्रोटिन र क्यालोरी हुन्छ, जुन सहजै पच्न कठिन हुन्छ ।

    बच्चादेखि वृद्धसम्मको लागि अमृत

    आयुर्वेदले गाईको बिगौती दूधलाई बच्चादेखि वृद्धसम्मको लागि अमृत सरह मानेको छ । यसमा पाइने एन्टिबडीले इमियुनोग्लोबिनको मात्रा बढाउनमा मद्दत गरी रोगप्रतिरोधात्मक क्षमता बढाउने तत्व पाइन्छ । क्याल्सियम, भिटामिन र म्याग्नेसियमले बालकमा हड्डीको विकास गर्नेदेखि वृद्धमा हड्डी कमजोर हुन कम गराई तागत दिने भूमिका बिगौतीको हुन्छ ।

    त्यस्तै भिटामिन एले आँखाको ज्योति बढाउन मद्दत गर्छ । भिटामिन–ए आँखाको लागि आवश्यक पोषक तत्वमध्ये एक हो । त्यस्तै गाईको काँचो दूधमा प्रोबायोटिक्स अर्थात् जीवित सूक्ष्म जीव हुन्छन्, जसले रोगसँग लड्ने क्षमता बढाउँछ । विभिन्न संक्रमणसँग लड्न पनि मद्दत गर्छ ।

    गाईको दूधले पनि हड्डीलाई स्वस्थ राख्न निकै मद्दत गर्छ । यसले बालबालिकादेखि वृद्धसम्मको हड्डी मजबुत बनाउन मद्दत गर्छ । बिगौतीले शरीरको तौल बढाउन तथा कुपोषण लागेको व्यक्तिको लागि पोषणको काम पनि गर्छ ।

    नवजात शिशुले खान हुन्छ ?

    आमाको दूधलाई त अरु कुनै पनि दूधले प्रतिस्थापन गर्न सक्दैन । नवजात शिशुको शरीर नाजुक हुने र पाचनप्रणाली पनि परिपक्व भइसकेको हुँदैन । त्यसैले एक वर्षसम्मको शिशुलाई खान दिनु हुँदैन । त्यसपछि भने अलिअलि गर्दै खान दिन सकिन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

    मात्रा

    बिगौती दूधको मात्रा उमेर अनुसार निर्धारण गरिएको छैन । बिगौती दूध सजिलै पच्न सक्दैन । बिगौती व्यक्तिले कति मात्रामा खाने भन्ने कुरा शरीरको पाचनशक्ति कतिको बलियो छ त्यसमा भर पर्छ । जसलाई दूधसम्बन्धी खानेकुरा सजिलै पच्दैन, उनीहरुको पेट गडबड पनि हुन सक्छ । दूधजन्य पदार्थ शरीरले नसहने व्यक्तिले भने बिगौती दूध खानु हुँदैन ।

    नुन र अमिलोसँग मिसाउनु हानिकारक

    दूधलाई नुन र अमिलोसँग मिसाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । चाहे बिगौती होस् वा सामान्य दूध । यी तत्व मिसाउँदा दूध फाट्छ । त्यति मात्र होइन, नुन र अमिलोको मिश्रण हुँदा क्यासिन तत्व उत्पन्न हुन्छ, जसले बान्ता गराई पेट गडबड पनि गर्न सक्छ । साथै, छालासम्बन्धी एलर्जी पनि गराउन सक्छ ।

    शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer