• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन २७, २०८३
☰
बुधबार, साउन २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

सावधान रहनुहोला: चुरोटले हड्डी मक्काउछ


  •   सोमबार, जेठ २२, २०८० मा प्रकाशित
  • चुरोटको धुवाँले फोक्सोलाई मात्र ध्वस्त बनाउँदैन । स्नायुप्रणालीलाई पनि यसले घात गर्छ । त्यससँगै हड्डीलाई समेत कमजोर बनाउँछ । चुरोटको धुँवामा जुन हानिकारक रसायन हुन्छ त्यसले हड्डीलाई कमजोर बनाउँछ । त्यसैले चुरोटको तल लागेकाहरुको हड्डी भाँचिएमा जोडिन कठिन हुन्छ ।

    Advertisement

    रुस युनिभर्सिटी मेडिकल सेन्टरले सार्वजनिक गरेको अनुसन्धानमुलक रिपोर्टअनुसार चुरोटको धुवाँले हड्डी, मांसपेशी र जोर्नीलाई पोषण दिन आवश्यक अक्सिजनयुक्त रगतको प्रवाहमा अवरोध गर्छ । साथै शरीरमा क्याल्सियम अवशोषित गर्ने प्रक्रियालाई बाधा गरेर हड्डीको घनत्वलाई पनि कम गराउँछ ।

    रुस स्पोर्ट्स मेडिसिन एण्ड सोल्जर सर्जन ग्रान्ट गार्जियसले भनेका छन्, ‘धुम्रपानले विस्तारै अस्थिपञ्जर प्रणालीलाई असर गर्छ । यसले कुरकुरे हाड, हड्डी र मांसपेशी कमजोर हुँदै जान्छ र उपचारपछि पनि निको हुन धेरै समय लाग्छ ।

    निकोटिनको लत, हड्डीलाई घात

    चुरोटको धुवाँमा जुन निकोटिन हुन्छ, त्यसले हाम्रो शरीरमा हड्डी बन्ने प्रक्रियालाई नै सुस्त बनाइदिन्छ । यसले एकातिर हडडी बन्ने प्रक्रियालाई बाधा गर्छ भने अर्कोतिर भएको हड्डीलाई बलियो हुन दिंदैन । त्यसैले चुरोट खानेको हड्डी सजिलै भाँचिने र मक्किने हुन्छ । त्यसले नसा र कोषिकालाई समेत क्षति पुर्‍याउँछ ।

    निकोटिनले मस्तिष्कमा हुने एक किसिमको हार्मोनलाई ह«ास गर्छ, जसले गर्दा भिटामिन डिको कमी हुन जान्छ । त्यसैले चुरोटको अम्मलीहरुमा ढाड दुख्ने समस्या बढी हुन्छ । साथै उनीहरुको खुट्टा, जोर्नी दुख्ने, झमझाउने समस्या पनि हुन्छ । चुरोटले मेरुदण्डको हड्डीलाई पनि कमजोर बनाउँछ । कुनै कारणवश हड्डी भाँचिएमा जोडिन समय लाग्छ ।

    अरुले तानेको धुवाँले हामीलाई पनि असर

    नेपालीमा एउटा भनाइ छ, खाँदै नखाएको विष लाग्दैन । तर चुरोटको धुवाँ यस्तो विष हो जुन खाँदै नखाएकालाई पनि लाग्न सक्छ ।

    जस्तो कुनै व्यक्तिले तानेर निकालेको धुवाँले त्यस आसपासमा बस्नेलाई समेत असर गर्छ । किनभने हावामा फैलिएको उक्त धुवाँ दोस्रो व्यक्तिले पनि लिन्छ । चिकित्सकका अनुसार यो ‘सेकेण्ड ह्याण्ड धुँवा’ अरु घातक हुन्छ । यसरी चुरोट खाँदै नखाने समेत साथीभाइको कारण मारमा पर्छन् ।

    चुरोटको कारण हड्डी भाँचिने जोखिम

    अस्टियोपोसिस हुनुमा पनि विभिन्न कारणमध्ये एक मानिएको छ, चुरोटको धुवाँलाई । निष्क्रिय जीवनलगायत चुरोटको सेवनले अस्टियोपोरोसिस हुने जोखिम हुन्छ । हड्डी कमजोर हुनुलाई अस्टियोपोरोसिस भनिन्छ । यस स्थितिमा बीएमडी अर्थात् बोन मास डेन्सिटी कमी हुन्छ । यही कारण हड्डी कमजोर हुने वा भाँचिने खतरा बढ्छ ।

    सोमबार, जेठ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer